३२, श्रावण २०७६
कुनै बेलाका चर्चित टिभी कार्यक्रम प्रस्तोता प्रेम बानियाले रवि लामिछानेका पक्षमा आवाज उठाईरहेका छन् । लामिछाने पक्राउ परेपछि बानियाले दुई वटा फेसबुक स्टाटस लेखिसकेका छन ।
प्रेमले पछिल्लो स्टाटसमा नेपाल प्रहरीका प्रमुख सर्बेन्द्र खनाललाइ सम्बोधन गर्दै आईजीपीका रुपमा भन्दा व्यक्तिगत रुपमा केही जानकारी पस्केको पनि बताएका छन् ।
उनले पुडासैनीको भिडियो प्रहरीलाई भन्दा पहिला पत्रकारलाई कसरी गयो भन्दै यसको जवाफ दिन अनुरोध गरेका छन् ।
प्रिय मित्र/प्रिय व्यक्तित्व Sarbendra Khanal ज्यू, तपाईंलाई एक आईजीपीका रुपमा भन्दा व्यक्तिगत रुपमा केही जा बानियाको फेसबुक स्टाटस यहाँ जस्ताको तस्तै राखेका छौं ।
प्रिय मित्र/प्रिय व्यक्तित्व Sarbendra Khanal ज्यू, तपाईंलाई एक आईजीपीका रुपमा भन्दा व्यक्तिगत रुपमा केही जानकारी । तपाईंको निष्ठा, कार्यकुशलताको खुब ठूलो प्रशंसकले उसको ज्ञान र अध्ययनका आधारमा तपाईंलाई नितान्त व्यक्तिगत दुई'टा प्रश्न वा सुझाव प्रस्तुत गरेको सम्झिनुहोला:
रबिजी Rabi Lamichhane प्रकरणका अन्तर्राष्ट्रिय सवाल !!!!
प्रिय मित्र/प्रिय व्यक्तित्व Sarbendra Khanal ज्यू, तपाईंलाई एक आईजीपीका रुपमा भन्दा व्यक्तिगत रुपमा केही जानकारी । तपाईंको निष्ठा, कार्यकुशलताको खुब ठूलो प्रशंसकले उसको ज्ञान र अध्ययनका आधारमा तपाईंलाई नितान्त व्यक्तिगत दुई'टा प्रश्न वा सुझाव प्रस्तुत गरेको सम्झिनुहोला:
नम्बर १, त्यो भिडियो कसरी बाहिर आयो ? अनुसन्धानमा अब्बल नेपाल प्रहरीमा तपाईंको अब्बल अनुभवलाई साक्षी राखेर सोधिएको प्रश्न हो यो । आत्महत्या गरेको व्यक्ति भएको कोठा प्रहरीले फोडेको हो, त्यो कोठामा सवभन्दा पहिला प्रहरी छिरेको हो । सबै प्रमाणहरु (मोवाइल, कागजात वा अन्य सबै) प्रहरीले नै संकलन गरेको हुनुपर्छ/हुनैपर्छ । त्यसपछि सवै स्रोत र सूत्रहरु गोप्य राखेर सुक्ष्म र गोप्यरुपमै अनुसन्धान अगाडि बढाउनुपर्नेमा त्यो भिडियो कसरी बाहिर आयो ? यतिसम्म कि त्यो भिडियो आफन्तको हातमा पनि पुग्न सक्दैन, मिल्दैन र सम्भव छैन । किनकि यो प्रहरी अनुसन्धानको विषय भइसकेको थियो । सबै स्रोतहरु प्रहरीको नियन्त्रणमा हुनुपर्छ । संसारको कुनैपनि प्रहरी संगठनले वा अनुसन्धानमा संलग्न कुनैपनि निकायहरुले यस्तो गर्न सक्दैनन्, यो कसरी भयो ???? त्यो भिडियो प्रहरीको नियन्त्रणबाट बाहिर कसरी गयो ? यसको जवाफ प्रहरीले मात्रै दिनसक्छ । अनुसन्धान विषयमा यो एक अन्तर्राष्ट्रिय प्रश्न हो ।
नम्बर २, रबि लामिछानेलाई पत्र काटेर निश्चित घण्टाभित्र प्रहरीको कुनै पनि कार्यालयमा बोलाएको भए के हुन्थ्यो ? न्यूजरुममा काम गरिरहेको पत्रकारलाई त्यो पनि डेढ घण्टापछि प्रत्यक्ष कार्यक्रम प्रशारणको तयारीमा रहेको प्रस्तोतालाई टेलिभिजन स्टेशनमै गएर पक्राउगर्नुअघि प्रेस स्वतन्त्रताका अन्तराष्ट्रिय मान्यताहरुलाई किन भुल्नुभयो?
एक मित्रवत सम्वन्धका कारण एउटा आइजीपीलाई भन्दा पनि एक आत्मीय मित्रलाई सादर जानकारी गराएको हो । यसले तपाईंको अनुसन्धानलाई अझ गहिरिएर निश्कर्ष निकाल्न सघाउने आशा लिएको छु ।
प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार -
१९:१२:०८ बजे