Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अमेरिकाको बारीमा नेपाली तरकारी

अमेरिकाको बारीमा नेपाली तरकारी

सतीश चापागाईं

९, भाद्र २०७५
images
अमेरिका आएपछि दैनिक खानेकुरामध्ये सबैभन्दा बढी ‘मिस’ हुनेमा नेपाली स्वादका हरिया तरकारीहरू पर्छन्। त्यसमा पनि काउली, रायो र तोरीको साग, भिन्डी, फर्सीको मुन्टा, चमसुर, पालुङ्गो, सिमी, बोडी, धनियाँ आदिको स्वाद लिन नपाउँदा एक किसिमको तनावै हुन्छ। ठूला ग्रोसरी स्टोरमध्ये केही चाईनिज तथा कोरियन स्टोरमा हरिया तरकारी पाए पनि नेपाली स्वाद कहाँ पाउनू? तरकारीको होलसेल तथा सप्लायरबाट स्टोरले प्राप्त गर्ने तरकारीलाई एउटा निश्चित चिस्यानमा राखेर स्टोरलाई उपलब्ध गराउने भएकाले ती तरकारी हेर्दा फ्रेस देखिए पनि स्वादिला हुँदैनन्। र धेरै दिन पनि टिक्दैनन्। अर्का तर्फ, तरकारी हुर्कने सिजन र हावापानीको वातावरण, तरकारीको जात, प्रयोग हुने रसायनिक मल, किटनासक औषधिले पनि उत्पादन भएका तरकारीको स्वाद प्रभाव गर्छ। तर चिन्ता नगर्नुहोस् - तपाईँ भर्जिनिया राज्य अन्तर्गत फेयर फ्याक्स काउन्टिमा बसोबास गर्नुभएको छ भने यहाँका बासिन्दाका लागी राज्य सरकारले तरकारीबारी उपलब्ध गराउँदै आएको छ। सुलभ र सस्तो दरमा सरकारी बारी (गार्डेन प्लट) भाडामा लिएर तोकिएको नियम पालना गर्दै आफ्नो स्वाद अनुसारका तरकारी उत्पादन र उपभोग गर्न सक्नुहुनेछ। त्यस्तै, फूलका शौखिनले सिजन अनुसार आफूलाई मनपर्ने फूलहरू लगाउन सक्नेछन्। यसका लागि फेयर फ्याक्स काउन्टीका बारेमा सामान्य जानकारी राखौं। कस्तो छ फेयर फ्याक्स काउन्टी?  बसोबासका हिसाबले अमेरिकाको भर्जिनिया राज्यको फेयर फ्याक्स काउन्टी एउटा विकशित र महंगो काउन्टी मानिन्छ। यहाँको फेयर फ्याक्स काउन्टी स्कुल सिस्टम अमेरिकाका पब्लिक स्कुल मध्ये सर्वोत्तम श्रेणीमा पर्छ। अमेरिकाको राजधानी वासिंटन डिसीको सीमासम्म फैलिएको काउन्टी भित्र प्राकृतिक सौन्दर्यताले सजिएका तथा ब्यवसायिक सफलता प्राप्त शहरहरू- मक्लिन, भियना, फल्स चर्च, अनानडल, स्प्रीङ फिल्ड, च्यान्टाली, सेन्ट्रलभिल, वर्क, रेस्टन आदि जस्ता प्रमुख सहर छन्। वर्कताल र ग्रेट फल्सलगायत चारै तिर हरियालीले ढाकिएको यस काउन्टीले ४०६ स्क्वायर माईल (१,०५२ स्क्वायर किमि) क्षेत्रफल ओगटेको छ। सन् २०१७ को गणना अनुसार यहाँ ११ लाख ४८ हजार ४ सय ३३ जना बसोबास गर्छन्। यहाँका बासिन्दाको प्रति परिवार औषत आम्दानी ५१ हजार ८ सय ५१ डलर छ। यस काउन्टी भित्र बसोबास गर्ने नेपाली भाषीको संख्या आधिकारिक रूपमा प्राप्त हुन सकेको छैन तापनि कम्तिमा ५ सय नेपाली भाषी परिवारको अनुमान गर्न सकिन्छ। फेयर फ्याक्स काउन्टीको गार्डेन प्लट कार्यक्रम: भर्जिनियाको फेयरफ्याक्स काउन्टी पार्क प्राधिकरणले फेयरफ्याक्स काउन्टी निवासीलाई वार्षिक ९ वटा काउन्टी पार्कमा ७ सय ओटा तरकारी बारीका प्लटहरू (गार्डन प्लट) भाडामा उपलब्ध गराउँदै आएको छ। सबै तरकारी बारीका प्लटहरू समान रूपले ३० फिट लम्वाई र २० फिट चौडाईको क्षेत्रफलले विभाजन गरिएका हुन्छ्न्। पार्कको नीति नियम पालना गर्दै तरकारी बारी ब्यवस्थापन गर्नेलाई निरीक्षण पश्चात अर्को वर्षका लागि नविकरण गरिन्छ। काउन्टीमा करेसाबारी गर्न इच्छुकले सर्बप्रथम प्रतीक्षा सूचीमा रहन काउन्टीको वेबसाईटमा गएर फाराम भरेर पेश गर्नुपर्छ। फाराममा आफ्नो निवासबाट नजिक पर्ने एक भन्दा बढी करेसाबारी भएका पार्क छनोट गर्न सकिने ब्यवस्था गरिएको छ। आफ्ना बासिन्दाले हरिया तरकारीको उत्पादन र अनुभव आदान प्रदान गर्न सकुन् भन्ने उद्धेश्य अनुरूप फेयर फ्याक्स काउन्टीले वार्षिक भाडामा आफ्ना प्लटहरु उपलब्ध गराउँदै आएको हो। अर्का तर्फ वासस्थानका हिसाबले यो काउन्टी महंगो रहेको र घरमा करेसाबारीका लागि जमिनको अभाव भएकाले काउन्टीले आफ्ना बासिन्दाका लागि गार्डेन प्लट वार्षिक १२५ डलरको सहुलियत दरले उपलब्ध गराउँदै आएको छ। गार्डेन प्लट भाडाका लागि आवश्यक योग्यता: फेयर फ्याक्स काउन्टीको पार्क अथोरिटीद्वारा सञ्चालित कार्यक्रमले गार्डेन प्लट भाडामा लिन देहाय बमोजिमका सामान्य योग्यता सम्वन्धी शर्तहरु राखेको छ । एक परिवारका लागि एउटा मात्र प्लट उपलब्ध हुनेछ। फेयर फ्याक्स काउन्टीमा बसोबास गरेको हुनुपर्नेछ। आफू बसोबास गरेको स्थानको ठेगाना पेश गर्नुपर्नेछ। आफ्नो ईमेल र सम्पर्क ब्यक्ति तोकी उपलब्ध गराउनुपर्नेछ। उल्लेखित शर्त अनुसार काउन्टीको अनलाईन साईटबाट फाराम पेश गरेपछि प्रतिक्षा सूचीमा राखिन्छ। आफूले छनोट गरेको स्थानको पार्कमा बारी खाली हुने बित्तिकै क्रमबद्ध नामावली अनुसार सम्बन्धित निवेदकलाई प्लट तोकी ईमेल वा पत्रमार्फत पार्कले जानकारी गराउँछ। गार्डेन प्लटका नियमहरु: आफ्नो समुदायको सम्पत्तिका रूपमा गार्डेन प्लटलाई ग्रहण गरी सरकारले प्रदान गरेको सुविधामार्फत आफ्ना बासिन्दाले सकारात्मक अनुभव प्राप्त गरून् भन्ने उद्धेश्यले काउन्टीले गार्डेन प्लटको ब्यवस्थित सञ्चालन बिधि र नियमहरुको निर्देशिका जारी गरेको छ । त्यस मध्येका प्रमुख नियमहरू: करारनामाको अवधिमा अधिकारीले जारी गरेको नियम र निर्देशिकालाई पालना गर्नुपर्नेछ। काउन्टीबाट अन्यत्र बासस्थान सरेमा सिजनको अन्त्यमा आफूले भाडामा लिएको प्लट फिर्ता गर्नुपर्नेछ। व्यक्तिगत उपभोगका लागि तरकारी उत्पादन गर्नुपर्नेछ, बेचबिखन वा ब्यवसायका लागि तरकारी उत्पादन गर्न पाईन्न। गार्डेन प्लट सञ्चालनका लागि करारनामामा दस्तखत गरे पश्चात तोकिएको मिति भित्र तोकिएको रकम भुक्तानी गर्नुपर्नेछ। तोकिएको समयमा घाँस पात सफा गर्ने, मल हाल्ने, बेडको तयारी तथा बिउ छर्ने, रोप्ने कार्य गर्नुपर्नेछ। मान्यता नपाएका बिउ बिजनलगायत विरूवाको उत्पादनलाई निषेध गरिएको हुँदा बिना अनुमती प्रयोग गर्नु हुँदैन। त्यस्तै सिफारीस नगरिएका रसायनिक पदार्थ भएको मल तथा किटनासक औषधिको प्रयोगलाई निषेध गरिएको छ। प्लट अगाडिको भागमा सरसफाई गरीने हुँदा आफ्नो प्लटको अगाडिको ६ इन्च भागमा घासपात सफा गरी मल्चले छोप्नुपर्नेछ। गार्डेन प्लटमा सिचाईँका लागि विभिन्न स्थानमा पानीको ब्यवस्था भएकोले आफ्नो पाईप मार्फत निःशुल्क पानीको प्रयोग गर्न पाईनेछ। पानीको प्रयोग एक पटकमा पन्ध्र मिनेटको समयावधि तोकिएको छ। आफ्नो प्लटको वरिपरी फेन्स (बार) आवश्यक छैन। तर, आफूलाई आवश्यक लागेमा आफ्नो खर्चमा तोकिएको मापदन्ड अनुसार फेन्स लगाउन पाईन्छ। बारीका झारपातलगायत बोट विरूवाका अवषेशलाई प्लटभित्र कम्पोष्ट गर्न सकिएन भने तोकिएको स्थान वा आफ्नो निवासमा लगेर ट्रान्स गर्नु पर्नेछ। प्लट अनुगमन र निरीक्षण गर्दा नियम पालना नभएको पाईएमा गार्डेन प्लट कोर्डिनेटरबाट पत्र वा फोनमार्फत जानकारी गराईने छ र तोकिएको मितिमा भएका गल्ती सुधार गर्नुपर्नेछ। यदी तोकिएको मिति भित्र गल्ती सुधार नभएमा उक्त प्लट प्रतिक्षा सूचीमा रहेकालाई हस्तान्तरण गरिनेछ। सेतोपाटि

images
प्रकाशित मिति :भाद्र ९, २०७५ शनिवार - १०:५४:३८ बजे

सतीश चापागाईं

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend