Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कुमार पन्तले अध्यक्ष पदमा औपचारिक उमेद्वारी घोषणा गर्दै

कुमार पन्तले अध्यक्ष पदमा औपचारिक उमेद्वारी घोषणा गर्दै

सतीश चापागाईं

१, आश्विन २०७६
images
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसिसी)को २०१९-२०२१ कार्यकालको लागि अध्यक्ष पदमा कुमार पन्तले सबैभन्दा पहिला आफ्नो उमेद्वारी घोषणा गर्ने भएका छन् । पन्तले यही सेप्टम्बर २० तारिखका दिन काठमाडौँको होटल याक एण्ड यतीमा एक बिशेष कार्यक्रमका बीच घोषणा गर्ने भएको बुझिएको छ । घोषणा सभाका लागी पन्तले पत्रकारहरु र आफ्ना शुभेच्छुकहरुलाई पत्र पठाईसकेका छन् । कार्यक्रममा पन्तले आफुले उक्त पदमा दाबेदारी गर्नुको कारण बिस्तृतमा राख्ने जानकारी प्राप्त भएको छ । यहि अवसरमा उनले आफ्ना बिगतका क्रियाकलाप र भावी योजनाहरु समेटेर केहि प्रतिबद्धतापनि सार्बजनिक गर्ने योजना रहेको पन्त निकट स्रोतले बताएको छ । पन्त वर्तमान कार्यसमितिको उपाध्यक्ष हुन् । उनले सोहि पदमा दुई कार्यकाल बिताएका छन् । अघिल्लो पटक नै अध्यक्ष पदका लागि उमेद्वारी घोषणा गरेर हिडेपनि उनले भवन भट्टलाई सहयोग गरेका थिए ।

images
प्रकाशित मिति :आश्विन १, २०७६ बुधवार - २१:३७:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend