Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

महरा र आलममाथि राजनीति नगर्न पूर्व महान्यायधीबक्ता श्रेष्ठको चेतावनी

महरा र आलममाथि राजनीति नगर्न पूर्व महान्यायधीबक्ता श्रेष्ठको चेतावनी

नेप्लिज डायस्पोरा

२८, कार्तिक २०७६
images
  २०७६, २८ कार्तिक बिहीबार काठमाडाैं । बलात्कार र हत्या जस्ता जघन्य अपराधसंग जोडिएका मुद्धाहरुमा वरिष्ठ कानुन व्यावसायीहरुले पैसाको लालस देखाउदै समाजिक उत्तरदायित्व र व्यवसायिक मर्यादा नाघेको भन्दै सामाजिक सञ्जालदेखि कानुनी क्षेत्रमै चर्को आलोचना सुरु भएको छ । यौन दुव्र्यवहारको ओरोपमा जेल चलान भएका निवर्तमान सभामुख कृष्णबहादुर महरा र इटाभट्टामा जिउदै मान्छे जलाएर रौतहट घटना घटाएको आरोपमा प्रहरी हिरासतमा रहेका कांग्रेस नेता मोहम्मद आलमको पक्षमा बहश गर्र्ने कानुन व्यावसायीहरुको लर्को बढेपछि उनिहरुको व्यावसायिक मर्यादामाथि प्रश्न उठाउदै आलोचना सुरु भएको हो । जघन्य अपराध जन्य मुद्धामा सवै भन्दा रमाइलो बहश त कानुन व्यवसायकै क्षेत्रमा देखिएको छ । महरा र आलमको पक्षमा बहश गर्नेहरुले संविधानको परिधिभित्रै रहेर बहशमा सहभागि भएको दावी गरेका छन भने, यो बहशमा सहभागि नभएका कानुन व्यवसायीहरुले सामाजिक दायित्व र व्यवसायिक मर्यादाको विषय उठाएका छन । बरिष्ठ अधिबक्ता दिनेश त्रिपाठिको भनाईमा यस्ता विषय नेपालमा मात्र हैन विश्व भरिनै उठ्ने गरेको छन । कस्तो मुद्धालाई लिने र कस्तो मुद्धालाई नलिने भन्न निर्णय व्यक्तिगत भएपनि आफुले भने यस्ता मुद्धामा नहेर्ने गरेको त्रिपाठिको भनाई छ । संविधान र कानुनत हरेक कानुन व्यावसायीहरुलाई कुनैपनि मुद्धामा बहश गर्न पाउने स्वतन्त्रता छ । त्यसैले कुन मुद्धामा बहश गर्यो र कस्ले गरेनन् भन्ने विषयमाथिको बहश र उनिहरुको पेशागत स्वतन्त्रतामाथिको प्रश्न असान्र्दभिक लागेपनि सामाजिक दायित्वलाई विर्सिदा व्यावसायिक मर्यादा नै मासिएको धेरैको तर्क छ । समाज रुपान्तरणदेखि महत्वपुर्ण जिम्मेवारीमा पुगेका वरिष्ठ कानुन व्यावसायीहरुले समेत पैसाको लोभले जघन्य अपराधका पक्षमा वकालत गर्नु कानुन सम्वत भएपनि नीति संगत नभएको विज्ञहरु बताउछन । वरिष्ठ अधिबक्ता चन्द्रकान्त ज्ञावाली ।पछिल्लो समय महरा र आलमसंग जोडिएका मुद्धामा मात्र हैन अन्य यस्ता जघन्य अपराधसंग जोडिए मुद्धा नहेर्ने र सामाजिक बहिस्कार नै गर्नुपर्ने विषयहरु पनि उठ्न थालेका छन । कानुन व्यावसायीहरुकै बिचमा उठेका यी विषयलाई महरा र आलमको पक्षमा बहश गर्नहरु भने स्वीकार गर्न तयार छैनन् । राजनीतिक पुष्ठभूमिसंग जोडिएका यी दुवै मुद्धाको बहश गरिरहनुभएका पुर्व महान्यायाधीबक्ता रमण श्रेष्ठको तर्क भने यस्तो छ । यता, मानवअधिकारका क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मीहरुले पनि पेशागत अधिकारलाई मात्रै आफ्नो कर्तव्य नठान्न कानुनव्यावसायीहरुलाई सुझाव दिएका छन् । उनिहरुले पेशागत अधिकार र त्यसबाट हुने आम्दानीलाई मात्रै हेर्दा सामाजिक दायित्व, कानुनी शासनको पालना र मानवअधिकारको संरक्षण र पालना जस्ता विषयहरु ओझेलमा पर्दा त्यसको असर कानुन व्यावसायीहरुमा पनि पर्ने बताएका छन् मानवअधिकार आयोगका पूर्व प्रबक्ता गौरी मल्ल । अपराध अपराध नै हो, जघन्य हुन वा सामान्य । अपराध गर्नेलाई कानुनी कठघरामा उभ्भिएर सजाय दिनु र अन्यायमा परेकाले न्याय पाउनु अहिलेको माग हो । त्यसैले पेशागत अधिकारलाई भर्याङ बनाएर धनको लोभमा अपराधको पक्षपोषण गर्नुभन्दा पनि कानुन व्यावसायमा लागेकाहरुले अपराध निर्मुल गर्ने तर्फ बढी ध्यान दिए सामाजिक उत्तरदायित्व र मानवअधिकारको पनि रक्षा हुने थियो कि ।

images
प्रकाशित मिति :कार्तिक २८, २०७६ बिहिवार - १७:५५:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend