रूस भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र रूसी विदेशी मन्त्री सर्गेई लाभरोभबीच भेटवार्ता भएको छ।
राजधानी मस्कोमा सोमबार भएको भेटवार्ताका क्रममा मैत्रीपूर्ण सम्बन्ध मजबुद् र विस्तार बनाउने र पारस्परिक हितका विभिन्न विषयमा सहकार्य गर्नेबारे छलफल भएको मन्त्री ज्ञवालीले ट्वीटरमार्फत जानकारी दिएका छन्।
'लामो अन्तरालपछि भेट (परराष्ट्र मन्त्रीस्तरीय) भएको छ। हामीले संयुक्त रूपमा पत्रकार सम्मेलनमा सम्बोधन गर्यौं,' ज्ञवालीले लेखेका छन्।
सर्गेई लाभोरोभको निमन्त्रणामा मन्त्री ज्ञवाली गत शनिबार रूस भ्रमणमा गएका हुन्।
भेटका क्रममा परराष्ट्र मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले रूसी समकक्षी भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न पठाएको निम्तो हस्तान्तरण गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री ज्ञवालीमार्फत् रूसी समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
बाँकी समाचार