Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

भक्तपुर क्यान्सर अस्पतालमा झडप, बिरामी र बिरामी कुरुवासमेत भागाभाग

भक्तपुर क्यान्सर अस्पतालमा झडप, बिरामी र बिरामी कुरुवासमेत भागाभाग

नेप्लिज डायस्पोरा

९, मंसिर २०७६
images
  पुष्कर बुढाथोकी, भक्तपुर । दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा संचालन हुदै आएको भक्तपुर क्यान्सर अस्पतालको पुरानो ब्यवस्थापन समितिले नयाँ प्रमुख प्रशासकीय अधिकृत र मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको विषयलाई लिएर भक्तपुर क्यान्सर अस्पतालमा झडप भएको छ । विवाद झडपमा परिणत हुँदा उपचारमा आएका विरामी र विरामी कुरुवाहरुमा समेत भागदौड चलेको छ । लोकेन्द्र कुमार श्रेष्ठ नेतृत्वको पुरानो व्यवस्थापन समितिको बोर्ड बैठकले अस्पतालको प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार र मेडिकल सुपरिटेन्डेन्टमा डा.दिपेश धिताललार्ई नियुक्त गरेको विरोधमा हाल अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी सम्हालिरहेका डा. ऋषिकेश नारायण श्रेष्ठ सहितको कर्मचारी टोलीले अस्पतालमा नारावाजी गरेको थियो । शिलाकार र धितालको जिम्मेवारीमा अस्पतालको काम कारवाही अगाडी बढ्न नदिने अस्पतालका कर्मचारीको भनाई छ ।दुई पक्षबीच झडपको अबस्था सिर्जना हुँदा नवनियुक्त शिलाकारको गाडीमा तोडफोड समेत भएको छ भने शिलाकार लगायत समर्थनमा गएका कर्मचारी र सुभेच्छुकमाथी हातपात समेत भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी प्रमुख सबिन प्रधानले थप झडप हुन नदिन प्रहरीले बेलैमा सचेतता अपनाएको र स्थिति सामान्य बनाएको बताउनुभयो । पुरानो ब्यबस्थापनले अनियमिततम गरेको आरोपमा हाल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ ब्यवस्थापन समिति गठन गरिएको छ भने यसबारेमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै हाललाई यथाबस्था मै संचालन गर्न आदेश दिएपनि रिटको किनारा भने नलाग्दा थप अन्यौल भएको छ । बाँकी समाचार

images
प्रकाशित मिति :मंसिर ९, २०७६ सोमवार - १३:१६:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend