Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

विश्व प्रजातान्त्रीक युवा मञ्चको उपाध्यक्षमा नेपालका सुन्दर भुषाल निर्वाचित

विश्व प्रजातान्त्रीक युवा मञ्चको उपाध्यक्षमा नेपालका सुन्दर भुषाल निर्वाचित

नेप्लिज डायस्पोरा

२१, मंसिर २०७६
images
काठमाडौँ । विश्व प्रजातान्त्रीक युवा मञ्च (डब्लुएफडीवाई) को अन्तर्राष्ट्रिय उपाध्यक्षमा नेपालका सुन्दर भुषाल निर्वाचित हुनुभएको छ । साइप्रसमा भएको मञ्चको २०औँ अन्तर्राष्ट्रिय सम्मेलनले भुषाललाई उपाध्यक्षमा निर्वाचित गरेको हो । उहाँ नेपालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी हुनुभएको थियो । युवा संघको विदेश विभाग उपप्रमुख समेत रहेका भुषाल यसअघि सोही मञ्चको एसिया क्षेत्र संयोजक हुनुभएको थियो । विश्वका ६३ देशका ९५ युवा संगठनहरु आबद्ध रहेको यस मञ्चको अन्तर्राष्ट्रिय अध्यक्ष भने स्पेनका अरित आरजी निर्वाचित हुनुभएको छ । नेकपाको उदाउँदो नेताका रुपमा चिनिनुभएका भुषाल सवै पार्टीका नेता कार्यकर्ताहरुबीच लोकप्रिय हुनुहुन्छ । पर्बतको बिहादी गाँउपालिका उराम स्थायी घर भई काठमाडौमा बस्दै आउनु भएका भुुषाल सफल युवा उद्यमी पनि हुनुहुन्छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०७६ शनिवार - १०:३५:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend