Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

शिव मल्ल एनआरएनए अमेरिकाको सल्लाहकार मनोनित

शिव मल्ल एनआरएनए अमेरिकाको सल्लाहकार मनोनित

नेप्लिज डायस्पोरा

२१, पौष २०७६
images
  एनआरएनए अमेरिकाको सल्लाहकारमा बाल्टिमोरका युवा सामाजिक व्यक्तित्व शिव मल्ल मनोनित भएका छन् । एनआरएनए अमेरिकाको आईतबार सम्पन्न बैठकले बाँकी रिक्त रहेका सात जना सल्लाहकार मनोनित गर्दैगर्दा मल्ल पनि मनोनित भएका हुन् । शिव मल्ल लामो समयदेखि अमेरिकामा सक्रिय युवा समाजसेवी हुन् । अमेरिकाका प्रायजसो सामाजिक सेवाका काममा मल्लको नाम जोडिएर आउने गर्दछ । बिशेष गरी अफ्ठेरोमा परेका युवा र शुरुमा आएर काम खोज्ने परिवारहरुलाई मल्लले बर्षौंदेखि सहयोग गर्दै आएका छन् । मल्ल तनहुॅ जिल्लाको म्याग्दे गाऊपालिका वार्ड न ४ थर्पुका स्थानिय बासिन्दा हुन् । करिब १५ बर्ष अगाडी कामको सिलसिलामा अमेरिका आएका मल्लले यहाॅ भएका बिभिन्न सामाजिक संस्थामा महत्वपूर्ण जिम्मेवारी पनि सम्हालिसकेका छन् । सामाजिक काम र सहयोगको लागी जहिले पनी अग्रपङ्तिमा रहने शिव मल्लले अमेरिकामा मात्र नभएर नेपालमा पनि बिभिन्न क्षेत्रमा सामाजिक तथा आर्थिक सहयोग प्रदान गर्दै आएका छन । अमेरिकाको मेरिल्यान्डमा बस्दै आएका मल्ल एनआरएन अमेरिकाकाे बिगतदेखि अहिलेसम्म हरेक गतिबिधिलाई नजिकबाट बुझेका ब्यक्ति हुन् । समाजसेवाको कुरा गर्दा गाउको स्कुलमा भवन निर्माण, लाईब्रेरी स्थापनामा आर्थिक सहयोगदेखि लिएर नेपालका बिभिन्न स्थानमा भएका बिपतमा पनी आफ्नो क्षेत्रबाट अग्रस्थानमा रहि सहयोग जुटाउन ठुलो भुमिका निर्वाह गर्दै आएका छन् । नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष तथा एनआरएनए अभियन्ता मल्ल नेप्लिज डायस्पोराका शुरुदेखि कै शुभचिन्तक पनि हुन् । नेप्लिज डायस्पोरा टिम मल्ललाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ । मल्लसंगै सल्लाहकार मनोनित हुनेहरुमा संजय थापा, राधा पौडेल, विद्यासागर योञ्जन, बादल भुजेल, डा. चिरिन्जीबी भट्टराई र मनोज घिमिरे छन् । साथै, बैठकले पांच सदस्यीय संरक्षक समिति पनि गठन गरेको छ । समितिमा डाक्टर केशब पौडेल, खगेन्द्र जिसी, नबिन शेरचन, डाक्टर रुद्र अर्याल, र श्री पराजुली रहेका छन् ।   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :पौष २१, २०७६ सोमवार - ०९:४४:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend