Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रविन लामिछाने र इन्दिरा गैरेले गाएको गीत “मोया”मा 'सक्किगोनि'की रक्षा

रविन लामिछाने र इन्दिरा गैरेले गाएको गीत “मोया”मा 'सक्किगोनि'की रक्षा

नेप्लिज डायस्पोरा

२८, पौष २०७६
images
  भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस लोकप्रिय गायक नेपाल स्वयंसेवक संघका सल्लाहकार रविन लामिछाने र नेपाल स्वयंसेवक संघ कलाकार संगठन प्रदेश ५ अध्यक्ष इन्दिरा गैरेको आवाजमा उत्कृष्ट गीत "मोया" बजारमा आएको छ । माया-प्रेमलाई केन्द्रविन्दुमा राखेर बनाइएको गीतलाई लेखेका छन् शरद पाण्डेले भने लय बनाएका छन् अर्जुन सापकोटाले, एरेन्ज गरेका छन् कृष्ण भाञ्जाले । "मोयालाई चिनेको मैले बोलीले नजरको गोलीले" बोलको थेगो राखिएको गीत पछिल्लो समयमा गीतसंगीतप्रतिको प्रतिष्पर्धाको भीडमा भिड्न लायक देखिन्छ । घरबारीमा तोरी फुल्यो खरबारीमा बुकी , मख्ख परि हेर्यौ माया मै राम्रो पो छुकी ।। हिमालैमा डाफे नाच्यो वनमा न्याउली रुँदा करेण्ट झैं झटका लाग्यो चस्स तिम्ले छुँदा ।। भनेर दुई मुटु बीचको मायाजाललाई शब्दजालमार्फत गीतकार शरद पाण्डेले छताछुल्ल पारेका छन् भने यता गायक प्रत्यक्ष दोहोरीका राजा भनेर चिनिने रविन लामिछाने र पछिल्लो समयकी सबैको मनमा बस्न सफल गायिका इन्दिरा गैरेले पनि स्वरले उत्तिकै जादु छरेको देख्न अनि सुन्न सकिन्छ । गीतको अडियोसँगै भिडियो पनि अत्यन्तै उत्कृष्ट बनेको छ । चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशनमा बनेको गीतमा "सक्किगोनी" सिरियलकी लोकप्रिय पात्र रक्षा श्रेष्ठ र अर्जुन गौतम नाचेका छन् । गीतमा पहिलो भेटमै माया बसेको त्यो माया छताछुल्ल देख्न सकिन्छ , गीतको भिडियोलाई पनि निकै मेहनतका साथ निर्देशक श्रेष्ठले तयार पारेका छन् । गीतलाई ताजा इन्टरटेनमेन्ट युबट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतबाट आफूले श्रोता दर्शकको माया पाउनेमा गायिका इन्दिरा लगायतको टिम विश्वस्त छ । गीत सबैको लोकप्रिय बनोस् हाम्रो तर्फबाट धेरै धेरै शुभकामना ।।  

images
प्रकाशित मिति :पौष २८, २०७६ सोमवार - २१:२४:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend