Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपाल भ्रमण बर्ष २०२० का बारेमा मेरिल्याण्डमा बृहत छलफल हुने

नेपाल भ्रमण बर्ष २०२० का बारेमा मेरिल्याण्डमा बृहत छलफल हुने

नेप्लिज डायस्पोरा

१३, माघ २०७६
images
नेपाल भ्रमण बर्ष २०२० लाई प्रवासबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा अमेरिकाको मेरिल्याण्ड राज्यमा बृहत छलफलको कार्यक्रम हुने भएको छ । एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरको आयोजनामा यो कार्यक्रम हुन लागेको च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले नेप्लिज डायस्पोरालाई जानकारी दिएका छन् । कार्यक्रममा अमेरिका भ्रमणमा रहेका नेपाल भ्रमण बर्ष २०२० का सदस्य सचिव बच्चुनारायण श्रेष्ठको प्रमुख अतिथ्यतामा हुनेछ । सदस्य सचिव श्रेष्ठको नेतृत्वमा रहेको एक नेपाली टोलि अहिले अमेरिकाका बिभिन्न स्थानहरुमा भ्रमण बर्षको प्रचार प्रसार गर्दै हिडेको छ । टोलीले न्यु योर्कमा पनि बृहत र प्रभावकारी काम सम्पन्न गरिसकेको छ । यो समाचार तयार गर्दा यो टोलि नेपाल भ्रमण बर्षको बारेका छलफल गर्न संयुक्त राष्ट्र संघको मुख्यालयमा ब्यस्त थियो । न्यु योर्कबाट मेरिल्याण्ड आएपछि टोलीले यहाँका नेपालीहरुसंग बसेर अहिलेसम्मका उपलब्धिहरुको चर्चा गर्दै अमेरिकाबाट भ्रमण बर्ष सचिवालले गरेका आशा र यहाँको नेपाली समुदाय र संघसंस्थाहरुले गर्न सक्ने सहयोगका बारेमा द्विपक्षिय छलफल तथा अन्तरक्रियाको कार्यक्रम रहेको एनआरएनए मेरिल्याण्डका उपाध्यक्ष राजु पराजुलीले बताउनु भयो । नेपालको गौरव जोडिएको भ्रमण बर्षको कार्यक्रम आयोजना गर्न पाएकोमा गौरव लागेको पनि उपाध्यक्ष पराजुलीले बताउनु भयो । साख नेपाल अमेरिका च्याम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका बर्तमान अध्यक्ष हुनुहुन्छ । कार्यक्रममा नेपाल अमेरिका च्याम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका बारेमा पनि व्यापक छलफल गरिने छ । नेपाल अमेरिका च्याम्बर अफ कमर्श एण्ड इण्डष्ट्री र नेपाल भ्रमण बर्ष २०२० को सचिवालयको संयुक्त आयोजनामा प्रचार प्रसार र छलफलका कार्यक्रमहरु भईरहेका छन् । यहि टोलिसंगै नेपाल गार्मेन्ट एसोशियशनका निबर्तमान अध्यक्ष किरण साख पनि अमेरिका भ्रमणमा हुनुहुन्छ । उहाँ कै पालामा र उहाँकै नेतृत्वमा अमेरिकासंग ७७ बस्तुमा ट्याक्स फ्री कार्यक्रम सम्झौता भएको थियो । निबर्तमान अध्यक्ष साखले नेपाल भ्रमण बर्ष २०२० को परिप्रेक्षमा नेपाल अमेरिकाबीचको द्विपक्षिय व्यापारका बारेमा पनि चर्चा गर्नुहुने कार्यक्रम छ । मेरिल्याण्डमा रहेका नेपालीहरुले यो कार्यक्रममा सहभागी हुन् मन लागेमा आयोजकसंग सम्पर्क राख्न सकिने आयोजकले जनाएको छ । एनआरएनए मेरिल्याण्ड च्याप्टरका सचिव बिष्णु बरालले यो कार्यक्रममा सहभागी हुनका लागि सार्बजनिक गरेको सूचना यसप्रकार छ :  

images
प्रकाशित मिति :माघ १३, २०७६ सोमवार - १४:२२:४२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend