Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

कांग्रेस पाल्पाको अपिल: जनतालाई राहत देउ

कांग्रेस पाल्पाको अपिल: जनतालाई राहत देउ

नेप्लिज डायस्पोरा

६, बैशाख २०७७
images
  पाल्पा। संसारभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले महामारीको रुप लिँदै त्रासको वातावरण सिर्जना हुँदै गएको वर्तमान परिस्थितिमा आम नागरिकहरुको स्वास्थ्यप्रति सचेत रहँदै सुरक्षित रहनका लागि नेपाली कांग्रेस पाल्पाले सबैलाई आग्रह गरेको छ । पार्टी सभापति तथा प्रदेश नं.५ का प्रदेश सभा सदस्य बीरबहादुर रानाले शनिबार विज्ञप्ति जारी गर्दै पाल्पा जिल्लाका सबै तहगत संरचनामा रहेका नेतृत्वलाई यथा समयमा आवश्यक राहत सामाग्री उपलब्ध गराउन आग्रह गरेका छन । रानाले विज्ञप्तिमा ‘राहत वितरणका सन्र्दभमा केही स्थानमा गुनासो समेत आएकोले त्यसलाई सुधार गर्न आग्रह गर्दै लकडाउनका समयमा दैनिक ज्यालादारी मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर र श्रमजीवि वर्गलाई ठूलो मार परेको हुँदा पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दछौं ।’ भनेका छन् । आवश्यक राहतको अभावमा खान र बस्न समस्या झेलेका मजदुर र न्यून आयस्रोतका कारण भोकमरी समस्यामा परेका, कतिपय हिंडेरै घर तर्फ जाने क्रममा बाटोमै अलपत्र परेका, कार्यक्षेत्रमै कष्टकर जीवन बिताउन बाध्य उनीहरुकालागि गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाउन जोडदार माग समेम विज्ञप्तिमार्फत गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यस विषंम परिस्थितिमा अझ उच्च मनोवलका साथ कार्यक्षेत्रमा लाग्न र उच्च सुरक्षा प्रवन्ध मिलाउन गरिएका परिक्षणलाई थप तिव्रता दिन एवं औषधी उपचारको राम्रो प्रवन्ध मिलाउन हार्दिक अपिल गर्दछौं ।’  

images
प्रकाशित मिति :बैशाख ६, २०७७ शनिवार - ११:१४:४४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend