Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

एनआरएनए अमेरिकाको संचारकर्मीहरुसंग भिडियो कन्फरेन्स, बतायो कामको फेहरिस्त

एनआरएनए अमेरिकाको संचारकर्मीहरुसंग भिडियो कन्फरेन्स, बतायो कामको फेहरिस्त

नेप्लिज डायस्पोरा

२०, बैशाख २०७७
images
एनआरएनए अमेरिकाले आज अमेरिकामा रहेका नेपाली संचारकर्मीहरुसंग भिडियो कन्फरेन्स गरेर कोभिड-१९ पछि सिर्जना भएको अमेरिकाको नेपाली समुदायको अवस्था र संस्थाले गरेका कामकारवाहीहरुका बारेमा जानकारी गराएको छ । भिडियो कन्फरेन्समा अमेरिकामा क्रियाशील संचारकर्मीहरुको सहभागिता थियो । संचारकर्मीहरुले एन आर न ए ले गरेको कामको प्रशंशा गरेका थिए र केहि सुधार र गर्नुपर्ने कामहरुको बारेमा सुझाब दिएका थिए । कार्यक्रमको संचालन महासचिव पशुपति पाण्डेले गर्नुभएको थियो भने संचारकर्मीका जिज्ञासाहरुलाई अध्यक्ष सुनील साह महासचिव पशुपति पाण्डे र कोशाध्यक्ष ले जवाफ दिनुभएको थियो । प्रेस बिज्ञप्ति आदरणीय संचारकर्मी मित्रहरु नमस्कार ! आज विश्व नोवल कोरोनाभाईरस (COVID-19) को संक्रमण्ले आक्रान्त छ । यसले मानव जीवनलाई तहस नहस पारिरहेको छ । विश्वभर कै मानव अहिले जोखिमपूर्ण जीवन यापन गरिरहेका छन । कोभिड–१९ को असरबाट प्रत्यक्ष वा अप्रत्य़क्ष रुपमा कोही मुक्त छैन । खास गरी पे-चेक टु पे-चेक गुजारा चलाउँदै आएका परिवारहरु काम गर्न नपाइ रहेको अबस्थामा बॉच्नको लागि चाहिने न्यूनतम कुराहरु जुटाउन नसकि कठिन समय बिताई रहेका छन । कलेज तथा विश्व विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु छात्राबास छोडेर बाहिर बस्नु पर्ने बाध्यताको स्थिति सिर्जना भइरहेको अबस्था छ । नेपाली समाजमा भएका अप्रिय घटना र उत्पन्न बिकट परिस्थितिका कारण गैर आवसीय नेपाली संघ, अमेरिका परिवार मर्माहत छ । यस समयमा हामीलाई तन, मन र धनले सहयोग गर्नुहुने सबै सहयोगदाता, स्वयं सेवकहरु र सबै तहका एनआरएनए कार्यसमितिका साथीहरुबाट प्राप्त सहयोगको हामी मुक्तकण्ठले प्रशंशा गर्दछौं । हामीले यसको संक्रमण अमेरिकामा देखिए लगत्तै कोरोना भाइरस कोभिड-१९ बाट कसरी बँच्न सकिन्छ लगायत यससंग संबन्धित विज्ञबाट जानकारी गराउने प्रयास गर्यौं । हटलाइन टेलिफोनको माध्यमबाट समस्यामा परेको बेला तत्काल सहयोग सल्लाह जुटाउने प्रयास गर्यौं । प्रकोप बढ्दै गएपछि आपतकालिन बैठक गरी यसको विरुद्ध लड्न उच्च स्तरीय समिति र हेल्थ रेस्पोन्स टिम बनायौं । क्षेत्रीय र राज्य स्तरमा स्थानीय संघ संस्थाहरुसंग समन्वय गरी समितिहरु गठन गर्नुको साथै सरकारको तर्फबाट ल्याइएका राहत प्याकेजहरुसम्म हाम्रो समुदायको पहुँच सुनिश्चित गर्न सूचना र सहयोगका कार्यक्रम संचालन गर्यौं । गोफन्ड एकाउन्ट खोलेर त्यसमा जम्मा भएको रकम, अमाजोन स्माइल एकाउन्टबाट यसअवधिमा प्राप्त हुने सबै रकम कोभिड १९ पिडितको लागि सहयोग गर्न खर्च गर्ने निर्णय गर्यौं । त्यतिले नपुग्ने अबस्था आएमा संस्थाको आपत कालिन कोषबाट खर्च गर्ने गरी निर्णय गरेर कहॉ के कसरी सहयोग गरिरहेका छौं भन्ने बारे यहॉहरुलाई साप्ताहिक रुपमा जानकारी पनि गराई रहेका छौं । हाम्रो Gofundme account मा April 29th 12:00 PM PST सम्म बिभिन्न महानुभावहरुले दान गर्नु भई $19176।00 जम्मा हुन आएको छ । च्याप्टरको मातहत सहयोग पुर्याउने हाम्रो नीति रहे बमोजिम आबस्यक सहयोगको लागि बिभिन्न च्याप्टरहरुलाई रकम पनि उपलब्ध गराएका छौं । कामको विवरण यस प्रकार छ : च्याप्टरहरुलाई प्रदान गरेको सहयोग: New York च्याप्टरलाई $3300।00, New Jersey Chapterलाई 2500।00, Connectect Chapterलाई $1311।00, Massachusetts च्याप्टरलाई $1900।00 Maryland Chapter लाई $1900।00 Colorado Chapter लाई $600।00, California Chapterलाई $900।00, Virginia Chapter लाई $900।00, North Carolina Chapter लाई 1200।00, United Sherpa Association लाई $500।00, Troy University को विद्यार्थीहरुलाई $700।13 Association of Nepalis in Minesota लाई MNSU का बिद्यार्थीलाइ सहयोग $600।00, Kansas, Oklohoma, New Hampshire, Illionis South Dakota, Nevada, मा रहेका कोभिड पिडितलाई $११००।०० कूल जम्मा सहयोग रकम 16711।13 डलर Data: Supported Students grocery and residency COVID-19 affected people Supported Logistic and medicine and health related logistic Helping mechanism: Formed High level COVID-19 Response committee Formed Regional COVID-19 Response committee Formed Chapter COVID-19 Response committee with other local organization Formed Student Response team Formed Medical Response team Logistic response team Immigration response team Help Desk: (844) 676-2872 हामीले शुरु गरेको COVID-19 Hotline: 833-684-0551 हाम्रो Email: mailto:COVID19@nrnusa।org Help डेस्क 1 - Doctors team 2 -Logistic Support 3 -Immigration and legal issue 4 -College information and student support 5 -Tax, Finance and unemployment Active committees 1. Student Taskforce 2. Youth Committee 3. Help Desk 4. Health and Safety Committee 5. Professional networking committee 6. Immigration Committee 7. Business entrepreneurship promotion committee 8. Women’s Committee 1. COVID-19 संक्रमण अमेरिकामा देखिए लगत्तै कोरोना भाइरस कोभिड-१९ बाट कसरी बँच्न सकिन्छ लगायत यससंग संबन्धित विज्ञबाट जानकारी गराउने प्रयास गर्यौं 2.  हट लाइन टेलिफोनको माध्यमबाट समस्यामा परेको बेला तत्काल सहयोग सल्लाह जुटाउने प्रयास गर्यौं । 3.  प्रकोप बढ्दै गएपछि आपतकालिन बैठक गरी यसको वरुद्ध लड्न उच्च स्तरीय समिति र हेल्थ रेस्पोन्स टिम बनायौं । 4.  क्षेत्रीय र राज्य स्तरमा स्थानीय संघ संस्थाहरुसंग समन्वय गरी समितिहरु गठन गर्नुको साथै सरकारको तर्फबाट ल्याइएका राहत प्याकेजहरुसम्म हाम्रो समुदायको पहुँच सुनिश्चित गर्न सूचना र सहयोगका कार्यक्रम संचालन गर्यौं । 5.  गोफन्ड एकाउन्ट खोलेर त्यसमा जम्मा भएको रकम, अमाजोन स्माइल एकाउन्टबाट यसअवधिमा प्राप्त हुने सबै रकम कोभिड १९ पिडितको लागि सहयोग गर्न खर्च गर्ने निर्णय गर्यौं । 6. त्यतिले नपुग्ने अबस्था आएमा संस्थाको आपतकालिन कोषबाट खर्च गर्ने गरी निर्णय गरेर कहॉ के कसरी सहयोग गरिरहेका छौं 7. Sending Weekly financial update for transparency अन्त्यमा, साथीहरुलाई केहि जिज्ञासा भएमा हामी जवाफ दिनेछौं । धन्यवाद सुनील साह अध्यक्ष पशुपति पाण्डे महासचिव

images
प्रकाशित मिति :बैशाख २०, २०७७ शनिवार - १४:४६:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend