Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अध्यक्ष सुनील साह नेतृत्वको एक बर्ष !

अध्यक्ष सुनील साह नेतृत्वको एक बर्ष !

नेप्लिज डायस्पोरा

२८, जेठ २०७७
images
अध्यक्ष सुनील साह नेतृत्वको एक बर्ष !

 


सतिश चापागाईं
बाल्टिमोर, अमेरिका


एनआरएनए अमेरिकाको चुनाव सकिएको ठिक एक बर्ष बितेको छ।

गत बर्ष मे १८ र १९ तारिख दुईदिन गरेर एनआरएनएको निर्वाचन गरिएको थियो र नयाँ नेतृत्व चयन भएको थियो ।अमेरिकाको नेपाली समुदायले यहि दुई दिनमा आफ्नो मतको अधिकार र बिबेक प्रयोग गरेर वर्तमान नेतृत्व चयन गरेको थियो। वर्तमान कार्यसमितिले यो दुई बर्षमा गरेका कामहरुको लेखाजोखा पनि हुने बेला भयो ।

नेप्लिज डायस्पोराले एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहसंग तपाईको कार्य समितिले यो एक बर्षमा के गर्यो भनेर सोध्दा साहले यो एक बर्ष अति नै राम्रा काम गरेर र एतिहासिक काम गरेर बितेको बताउनु भयो।
"यो एक बर्ष एक महिनाजस्तै बित्यो।" अध्यक्ष साहले भन्नुभयो, "हामीले सबैभन्दा पहिला कार्यसमितिले मनोनयनलाई पूर्णता दियौं। हामीकहाँ धेरै नै पदहरु छन्। यो काम नै विवाद रहित रुपमा सम्पन्न गर्यौं।" "एक बर्षमा हामीले ब्यबस्थापकीय काम शुरु गर्दै एनआरएनए अमेरिकालाई आइसिसिमा एउटा बलियो एनसिसिका रुपमा उभ्याउन सफल भएका छौं।" अध्यक्ष साहले भन्नुभयो।

आईसिसिमा पटक पटक हार खाएको एनआरएनए अमेरिकाले यो पटक दुई उपाध्यक्ष र सचिव सहित केहि महत्वपूर्ण पदहरुमा जीत हासिल गरेको थियो। जसका पछाडी अध्यक्ष साहको संयोजनकारी भूमिका महत्वपूर्ण रहेको बुझिएको छ। चुनावका बेला संस्थालाई विस्तार गर्ने उद्देश्य बताईरहने साह कार्यसमितिले नेपालीहरु बसोबास गर्ने केहि राज्यहरुमा फोकल पर्सनहरु पनि नियुक्त गरेको छ।

"हामीले अमेरिकामा पहिलो पटक नेपाली बिद्यार्थीहरुलाई संस्थामा समेटेर उहाँहरुलाई उचित स्थान दिएका छौं। यसले एनआरएनए अमेरिकाको भबिश्य पनि उज्ज्वल बनेको मेरो विश्वास छ।" अध्यक्ष साहले भन्नुभयो।

झन्डै चार महिनादेखि कोभिड-19 का कारण हामी रातदिन यहाँको नेपाली समुदाय कै हीतमा खटिरहेको बताउदै साहले आईसिसि, एनसिसि, च्याप्टरहरु र सरोकारवाला सबैसंग समन्वय गर्न सफल भएको बताउनु भयो। "अचानक आएको महामारीमा नेपालीहरु सूचना दिन र अत्यावश्यक सेवामुलक सहयोग गर्न हामीले कुनै कसर बाँकी राखेनौं।" साहले भन्नुभयो, "यसमा समुदायका स्वयं सेवक, सर्बसाधारण र सहयोगी चन्दादाता अनि एनआरएनएका सबै तह र तप्काको सहयोगको मुक्त कण्ठले प्रशंशा गर्दछु।" अबको समय पनि नेपाली समुदायको हीतमा नै लगाउनेमा अध्यक्ष साहले जोड दिनुभयो। साहले भन्नुभयो, "यो पेन्डामिकले अझै धेरै ड्यामेज गर्न सक्छ।


हामीले अहिले बिभिन्न क्षेत्रका विज्ञहरुसंग बिभिन्न तहमा छलफल गरेका छौं। हाम्रो समुदायमा कम क्षति होस् भनेर सबैतिर चनाखो भएर काम गरेका छौं।" कुराकानी कै क्रममा साहले भन्नुभयो, "हाम्रो संस्थाको बिधानमा केहि कमीकमजोरी रहेको गुनासो आईरहेको छ। आगामी साधारण सभाबाट हाम्रो सबै कमीकमजोरी हटाउने भनेर लागेका छौं। व्यक्तिका कारणले भन्दा पनि केहि प्रक्रिया र बिधि बिधानका कारण विवाद हुने गरेका छन्। यो कार्यसमितिले आवश्यक सबै सुधार गरेर एउटा एउटा सक्षम र सशक्त एनआरएनए तयार गर्दैछौं।"

अन्त्यमा साहले अमेरिकामा रहेका नेपालीहरुलाई एनआरएनएको सदस्य बन्न आग्रह गर्नुभयो। र भन्नुभयो, "सतिश जी एउटा कुरा लेखिदिनुस की सबै परिस्थितिसंग लड्ने छौं अनि संसार कै नमुना एनआरएनए बनाएर छोड्ने छौं।"

प्रथम प्रकाशित मिति : जेठ ७, २०७७ बुधवार - ०२:४६:५० बजे

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - ०१:५४:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend