Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अर्घाखाँचीमा क्वारेन्टिनमा बसेका एकजनाको उपचारका क्रममा मृत्यु

अर्घाखाँचीमा क्वारेन्टिनमा बसेका एकजनाको उपचारका क्रममा मृत्यु

नेप्लिज डायस्पोरा

२८, जेठ २०७७
images
अर्घाखाँचीमा क्वारेन्टिनमा बसेका एकजनाको उपचारका क्रममा मृत्यु

बुटवल-भारतबाट आएर अर्घाखाँचीको मालारानीमा क्वारेन्टिनमा बसेका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको बुटवलमा उपचार गरी फर्कर्दै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा गएका उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएपनि उनलाई भर्ना नगरी फिर्ता लगेको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालले बिरामीलाई भर्ना गर्नुपर्ने भएपनि आफन्तले भर्ना नगरी फिर्ता लगेको बताए । ‘भर्ना गर्ने केस रहेछ भन्नुभएको रहेछ तर आफन्तहरूले बिरामीलाई गाडीबाटै नझारी लगेका रहेछन्, बिरामीलाई अस्पतालमा भर्ना गरिएको थिएन'-उनले भने ।

उपचारपछि घर फर्कने क्रममा गोरुसिङ्गे-सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले जानकारी दिए । उनको स्वाब परीक्षणका लागि पठाइएपनि रिपोर्ट आएको छैन ।

images
प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १८:२६:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend