काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्ष आफ्नो जन्मदिन नमनाउने घोषणा गरेका छन् । बुधबार एक लिखित वक्तव्य जारी गर्दै उनले मुलुकलाई कोरानाभाइरसले आक्रान्त पारेको तथा जनताले ज्यान गुमाउनुका साथै संक्रमित भएको अवस्थामा आफूले जन्मदिन उत्सवको रुपमा नमनाउने निर्णय गरेको जानकारी दिएका हुन् । उनको जन्मदिन असार २३ गते हो ।
साथै उनले आरोप प्रत्यरोप, निषेध र प्रतिशोधको भावनाले कसैको हित नगर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रियता, एकतालाई मुल मन्त्र बनाउँदै अघि बढ्नु पर्ने बताएका छन् ।
रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्यालगायतका विषयमा विवाद भइरहनु र यही विषयलाई लिएर होनाहार युवा सडकमा उत्रिरहनु पर्ने अवस्था विचारणीय रहेको उनले आफ्नो वक्तव्यमा भनेका छन् ।