गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले सम्पन्न नबौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद तथा आभार ब्यक्त गरेका छन् । अध्यक्ष शाहले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै यहि जुलाई ३ तारिख सुरु भै ६ तारिख सम्पन्न ३ दिने साधारण सभा तथा ज्ञान सम्मेलनमा उपस्थित तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्णमा आभार ब्यक्त गरेका हुन् ।
हेरौं उनको आभार तथा धन्यवादको पूर्ण विवरण
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको नवौं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन सम्पन्न भएको छ । आम अमेरिकाबासी गैर आवासीय नेपालीको शुभेच्छा र संघका सम्मानित सदस्य ज्यूहरुको सक्रिय सहभागिताले यो साधारण सभा तथा सम्मेलन सफलता पूर्वक सम्पन्न हुन सकेकोमा सर्वप्रथम गैर आवासीय नेपालीमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।
कोभिड–१९ को विषम् परिस्थितिका बिच भौतिक दुरी कायम राख्नुपर्ने स्वनियमको संघारमा उभिएर संघको साधारणसभा गर्न सकिन्छ त ? भन्ने गम्भिर प्रश्न उब्जिएका बेला प्रविधिको उच्चतम प्रयोग गरी अनलाइन मार्फत राष्ट्रिय ज्ञान सम्मेलन सहीत साधारणसभा संभव गराउन सहयोगी भूमिका निभाउने संघको आइटि टिमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । साच्चिकैं यो अनलाइन मार्फत गरिएको ऐतिहासिक साधारणसभा थियो ।
जुलाई ३ को साँझ देखि देखि जुलाई ५ को मध्यरातसम्मको निकैं व्यस्त कार्यतालिकासहीतको साधारणसभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको कार्यक्रममा सक्रिय सहभागिता, सद्भाव र मनन योग्य सुझाव राख्नुहुने सबैंमा धन्यवाद दिन चाहन्छु । संघको साधारणसभा उद्घाटनका अवसरमा आफ्नो शुभकामना सन्देश प्रेसित गर्नुभएकोमा नेपाल सरकारका सम्माननिय प्रधानमन्त्री के.पी. शर्मा ओली ज्यू प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यसैगरी साधारण सभाको उद्घाटन समारोहमा सरिक भइदिनुभएकोमा नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय प्रदीप कुमार ज्ञवाली ज्यू, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत ज्यू, अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा.अर्जुन कुमार कार्की ज्यू, गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त ज्यू, अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी ज्यू एवं गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्का पदाधिकारी ज्यूहरु, पूर्व पदाधिकारी ज्यूहरु, आइसिसी अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक ज्यू, सह–संयोजक ज्यू, महिला संयोजक ज्यू, युवा संयोजक ज्यू, आइसिसीका सदस्य एवं अनरी काउन्सील मेम्बर ज्यूहरु, आईसिसी सल्लाहकार ज्यूहरु, संघका प्रमुख संरक्षक एवं संरक्षक ज्यूहरु, सल्लाहकार ज्यूहरु, गैर आवासीय नेपाली संघ, क्यानडाका अध्यक्ष ज्यू, युकेका अध्यक्ष ज्यू, अष्ट्रेलियाका अध्यक्ष ज्यू, केन्याका अध्यक्ष ज्यू, कतारका अध्यक्ष ज्यू, अमेरिकामा रहेका विभिन्न संघ संस्थाका प्रमुख ज्यूहरु, लब्ध प्रतिष्ठित व्यक्तित्वहरु, संचारकर्मी मित्रहरु एवं सहभागि सबै प्रति पनि हार्दिक सादुभाव व्यक्त गर्दछु ।
यसैगरी, संघको साधारणसभा सँगैं सम्पन्न राष्ट्रिय ज्ञान सम्मेलन सफलता पूर्वक सम्पन्न गर्नका लागि अहोरात्र खटी महत्वपूर्ण उपलब्धी दिलाउनुहुने सम्मेलन संयोजनकर्ता डा. तारा सिग्देल एवं सम्मेलन व्यवस्थापन समितिका साथीहरु, सम्मेलनका क्रममा गरिएका विभिन्न गोष्ठीका पेनालिष्ट विज्ञ व्यक्तित्वहरु, सहजकर्ता ज्यूहरु प्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । यस्तैं,संघको महत्वपूर्ण कार्यक्रम साधारणसभाको बन्द सत्रवाट महासचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, विधान संसोधन, निर्वाचन समितिको गठन जस्ता महत्वपूर्ण कार्यहरु सहजता पूर्वक पुरा गर्नका लागि संघका सम्मानित सदस्यहरुवाट प्राप्त सहयोग प्रति पनि आभार प्रकट गर्दछु । साथैं विधान समितिमा रहेर महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुभएकोमा विधान समितिका सभापति बि.आर. लामा एवं समिति परिवारलाई बधाई एवं धन्यवाद दिन चाहन्छु । बन्द सत्रमा सम्मानित सदस्यहरुवाट प्राप्त सुझावहरुले आगामी दिनमा अझ प्रभावकारी रुपमा कार्य गर्न हाम्रो यस कार्यसमितिलाई बल पुग्नेछ भन्ने मैले लिएको छु । र प्राप्त सल्लाहरुले संघलाई अझ बलियो र एकतावद्व बनाउन भूमिका निभाउनेछ भन्नेमा म विश्वस्त छु ।
यसै सन्दर्भमा संघका प्रमुख संरक्षक डा. केशव पौडेल, आजिवन सदस्य समेत रहनुभएका एनआरएनए आइसिसीका सचिव गौरीराज जोशी, आइसिसी सल्लाहकार हरीबोल भण्डारी, संघका पूर्व सल्लाहकार डा. यादव पण्डित, संरक्षक डा. रुद्र अर्याल, एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी लगायत सम्मानित सदस्यहरुले खेल्नुभएको भूमिका र दिनुभएको सुझावप्रति सम्मान व्यक्त गर्दछु ।
यसैगरी, संघको यस साधारणसभालाई सफल पार्न भूमिका निभाउनुहुने साधारणसभाका कन्भेनर समेत रहनुभएका संघका वरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे एवं सम्पूर्ण आयोजक समिति तथा पदाधिकारी एवं कार्यसमितिमा विशेष बधाई तथा धन्यवाद दिन चाहन्छु । गएको एक वर्षमा जुन सहयोग, साथ र योगदान कार्यसमितिवाट रह्यो त्यसले गर्दा मात्रै मेरो नेतृत्वको यो कार्यसमितिले गत वर्षमा उत्साहप्रद ढंगवाट कार्यक्रमहरु गर्न संभव भएको यहाँ राख्न चाहन्छु । यस्तैं, साथ, सहयोग र स्प्रिट आगामी दिनमा पनि हुने नै छ भन्नेमा म पूर्ण विश्वस्त छु ।
साथैं, यो घडीमा एनआरएनए अमेरिकाका क्षेत्रीय संयोजक ज्यूहरु, सम्पूर्ण राज्य च्याप्टरका अध्यक्ष एवं राज्य च्याप्टर समिति परिवार, एनआरएनए अमेरिकावाट नियुक्त विभिन्न राज्यका सम्पर्क व्यक्तित्वहरु, विभिन्न समितिहरु, टास्क फोर्स प्रति पनि हृदयवाट धन्यवाद दिन चाहन्छु ।
व्यक्तिगत रुपमा सबैको योगदान महत्वपूर्ण रहेको र सबैंको योगदान तथा सहभागिताले गर्दा नैं साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन सफलता पूर्वक सम्पन्न भएपनि व्यक्तिगत रुपमा सबैंलाई सम्बोधन गर्न नसकेकोमा क्षमा चाहन्छु । सबैंको योगदान प्रति मेरो उच्च सम्मान छ । यसलाई अन्यथा लिनुहुने छै भन्ने पनि मेरो विश्वास छ ।
अन्त्यमा, अमेरिकाबासी गैर आवासीय नेपाली एवं संघका सम्पूर्ण सदस्यहरुप्रति हार्दिक नमन व्यक्त गर्दै आगामी दिनमा पनि यस्तैं साथ, सुझाव, सहयोग र सहकार्यको आशा राखेको छु । संघको तर्फवाट आगामी दिनमा अझ प्रभावकारी ढंगवाट काम हुनेछ भन्ने प्रतिवद्वता समेत व्यक्त गर्दछु ।
जय एनआरएन । जय एनआरएनए । जय एनआरएनए अमेरिका ।
सुनील साह
अध्यक्ष
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका
६ जुलाई, २०२०