Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भारतको पक्षमा बोल्ने सरिता गिरीलाई कारबाही, सांसद पद गयो

भारतको पक्षमा बोल्ने सरिता गिरीलाई कारबाही, सांसद पद गयो

नेप्लिज डायस्पोरा

२३, आषाढ २०७७
images
भारतको पक्षमा बोल्ने सरिता गिरीलाई कारबाही, सांसद पद गयो

नेप्लिज डायस्पोरा
बाल्टिमोर, अमेरिका
जुलाई ७

समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको निर्देशन नमानेको भन्दै गिरीलाई सांसद पदबाट समेत पदमुक्त गरिएको छ ।

पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले बताउनुभयो ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन् ।

 

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १९:०४:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend