Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रौतहटमा पण्डितको विभत्स हत्या

रौतहटमा पण्डितको विभत्स हत्या

नेप्लिज डायस्पोरा

२६, आषाढ २०७७
images
रौतहटमा पण्डितको विभत्स हत्या

 

 

अज्ञात समुहले सोमबार राती एक बृध्दको बिभत्स तबरले हत्या गरेको पाइएको छ।

स्थानीय दुर्गा भगवती गाउँपालिका–३ मत्सरीको पर्साटोल निबासी ७० बर्षिय फेकन पंडीतको निर्ममतापुर्वक रुपमा हत्या गरिएको छ।

गोठमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिहरूले हथौडा र धारिलो हतियारले उनको अनुहारमा प्रहार गरेर हत्या गरिएको अबस्थामा शब भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गोठ बाट विहान अबेर सम्म घरमा नआएपछि उनको माईला छोरा राजकुमार पंडितले बोलाउन जादा हत्या गरिएको अबस्थामा शब देखेका हुन।

उनको हत्याराको खोजीको लागि तालिम प्राप्त कुकुर प्रयोग गरिएपनि हत्यारा पक्राउ पर्न सकेका छैनन। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबीराज खड्काले हत्यामा संलग्न लाई चाडै पक्राउ गरिने बताउनु भयो।

images
प्रकाशित मिति :आषाढ २६, २०७७ शुक्रवार - १८:०६:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend