Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

राष्ट्रकविलाई सम्झेर अमेरिकामा साहित्यिक कार्यक्रम

राष्ट्रकविलाई सम्झेर अमेरिकामा साहित्यिक कार्यक्रम

नेप्लिज डायस्पोरा

८, भाद्र २०७७
images
राष्ट्रकविलाई सम्झेर  अमेरिकामा साहित्यिक कार्यक्रम

 

राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्झनामा अमेरिकाबासी नेपालीभाषी कविहरुको आयोजनामा जुमका माध्यमबाट कविता वाचन कार्यक्रम यही अगष्ट २२,२०२० मा सम्पन्न भएको छ।करिब तीन दर्जन जना कविहरुले रचना वाचन गरिएको सो कार्यक्रम रेडियो हिमालय र ओएसओ अनलाइनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो।

अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष साहित्यकार गीता खत्रीले राष्ट्रकविको तस्वीरमा फूल तथा माला अर्पण गरि आरम्भ गरिएको सो कार्यक्रममा कविहरुबाट एक मिनेट मौन धारण गरिएको थियो।कार्यक्रममा साहित्यकार तथा समालोचक महेश पौडेलले राष्ट्रकविका योगदानका बारेमा चर्चा गर्नु भएको थियो ।

रचना वाचन गर्नेहरुमा गीता खत्री, निलम कार्की निहारिका,निजानन्द मल्ल, सुदिपभद्र खनाल,डा.रिषी बस्ताकोटी,कृष्ण गिरी,उर्मिला निर्दोषी, अग्नि पराजुली, रामलामा अभिनासी,सर्वज्ञ वाग्ले,राजेन्द्र श्रेष्ठ,आचार्य प्रभा,दुर्गा रिजाल, सतिष चापागाईं,पवनलामिछाने, मणि धिमाल,विमला निरौला,शकुन्तला ज्ञवाली, डिलु चौलागाई, गोवर्धन पूजा,शुशिल नेपाल,बासु पुष्पा अधिकारी, इश्वरी भट्ट,विमला निरौला, विष्णा विरही,प्रकाश पाण्डे,शिव लामिछाने, हरि उप्रति,प्रेम संग्रौला,राजेन्द्र अर्याल,पदम विश्वकर्मा आदि थिए।कविहरुले कविता,गजल,मुक्तक आदि वाचन गरेका थिए।साहित्यकार महेश्वर पन्त र हरिमाया अधिकारीले राष्ट्रकविद्धारा लिखित गीत गाएका थिए।त्यस्तै कार्यक्रमा आनन्द श्रेष्ठ,हरि घिमिरे,राधा पौडेल,लालगोपाल सुवेदीको पनि सहभागिता रहेको थियो।कार्यक्रम पदम विश्वकर्मा,सर्वज्ञ वाग्ले र गोवर्धन पूजाले सञ्चालन गरेका थिए।

 

images
प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - ०५:२७:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend