Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रामपुर जापान सम्पर्कको अध्यक्षमा उमेश अर्याल चयन

रामपुर जापान सम्पर्कको अध्यक्षमा उमेश अर्याल चयन

नेप्लिज डायस्पोरा

१६, भाद्र २०७७
images
रामपुर जापान सम्पर्कको अध्यक्षमा उमेश अर्याल चयन

 

टोकियो, जापान
रामपुर जापान सम्पर्क मंचको अध्यक्षमा पाल्पा रामपुर ८ का उमेश अर्याल सर्वसहमतिबाट निर्वाचित हुनुभएको छ ।२०१८/३/२७मा जापानको टोकियोमा स्थापना भएको यो मंचले दोस्रो कार्यकालको रुपमा अर्याललाई चयन गरेको हो। स्थापना कालदेखि सचिवको रुपमा कामगर्दै आएका अर्याल सामाजिक काममा पनि सक्रिय ब्यक्ति हुन् । आज जापानको टोकियोमा मंचको दोस्रो साधारण सभा तथा अधिवेशन भएको थियो । नवगठित कार्यसमितिका अध्यक्षको कार्यभार ग्रहण गर्दै अर्यालले आगामि दिनहरुमा रामपुर देखि जापानको बिभिन्न क्षेत्रमा बिभिन्न पेशा ब्यवसाय तथा रोजगारि एवम बिधार्थिहरुलाई समावेश गर्ने र समस्यालाई समाधान गर्न पहल गर्ने बताउनु भएको छ । साथै नवनिर्वाचित कार्यसमिति सदस्यहरु सबैलाई शुभकामना तथा बधाईदिदै आगामिदिनमा सबैबाट सहयोगको अपेक्षा रहेको अर्यालले जानकारि गराउनु भयो । नवगठित कार्यसमितिहरु निम्नानुसार छन् ।
अध्यक्ष :- उमेश अर्याल
सचिव :- सुदिप सुवेदी
कोषाध्यक्ष :- विनोद थापा
सदस्य :- नारायण भट्टराई
“ :- अशोक गैरे
“ :- सन्तोष श्रेष्ठ
“ :- शोभा मल्ल
सल्लाहकार हरु
रमेश कु थापा
विनोद आचार्य
गोविन्द अर्याल
सुमन सिं ठकुरी
नवगठित कार्यसमिति सदस्यसबैलाई निवर्तमान अध्यक्ष विनोद आचार्यले वधाई तथा शुभकामना दिनुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०२:१७:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend