नेपाली लोक दोहोरी क्षेत्रमा पछिल्लो समय सर्बाधिक लोकप्रिय गायिका बिष्णु माझी र नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर लागेका अग्रज गायक पवन ओलीले आवाज दिएको लोकदोहोरी गीत ‘धानै कुट्ने ढिकी’ सार्बजनिक भएको एक्क दिनमै लाखौं दर्शकले हेरेका छन्।
शुक्रबार साँझबाट बजारमा आएको गीतले धेरै नै माया पाएको गायक ओलीले नेप्लिज डायस्पोरासंग भने ।
नायक पल शाह र नायिका एलिजा गौतमले अभिनय गरेको यस गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका लोकप्रिय निर्देशक शिब बिकले निर्देशन गरेका छन् ।
एलिजा र पलको दोहोरीमा यो नै पहिलो भेट भएको यस भिडियोमा आफ्नो निकै मेहनत रहेकोले भिडियो समेत उत्कृष्ट भएको शिब बिकको भनाई रहेको छ ।
सल्यान बागचौर नगरपालिका–११, बाँफुखोला लेख जन्मघर भई हाल अमेरिका बसोबास गर्ने गायक पवन ओलीका यस अघि ९माछि बस्यो,परदेशको बास,गरिबको जीन्दगी,बुटवल बसपार्क,अक्षतामा दही , फुलसिमीको पात लगायत थुप्रै गीत लोकप्रिय भैसकेका छन् । यस गीतले पनि अन्य गीतहरुजस्तै दर्शक श्रोताको माया पाउनेमा आफु आशाबादी रहेको गायक पवन ओलीको भनाई रहेको छ ।
भिडियो हेर्नुहोस