जापान । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शकस्रोताको नजरमा लोकप्रिय बन्दै गएका बेला नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आईरहेका छन् ।
यसै सन्दर्भमा नेपालिहरुको महान् पर्व वडा दशै नजिकिए संगै कलाकारहरुले दशै तिहारका गितहरु सार्वजनिक गरिरहेका छन् , प्राय प्रदेशी हुनुको पिडालाई नै गितमा प्रस्तुत गरिएको पाईन्छ ।
नेपालीहरुको महान चाड दशैँ तिहारको शुभकामना सहित लोक दोहोरि गित“राम कसम” सार्वजनिक भएको छ । उक्त गितको म्युजिक भिडियो Keshav Paudel को Official युट्युब मार्फत सार्वजनिक भएको हो । उक्त गीतमा रोशन कुताल क्षेत्री र जुना श्रीमगरको स्वर रहेको छ ।
रोशन कुताल क्षेत्रीको संगीत तथा केशब पौडेलको शब्द रहेको छ । उक्त गितको म्युजिक भिडियोमा जेबिका कार्की र राम थापाको अभिनय रहेको छ ।
गितको म्युजिक भिडियोको निर्देशन चित्र मास्के मगरले गरेका हुन् भने छायाकंन सम्भु चालिसेले गरेका हुन् । म्युजिक भिडियो सम्पादन भने सुजन शाहीले गरेका हुन् ।
भिडीयो हेर्नुहोस् :