Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै जनसम्पर्क समिति अमेरिकाको बिज्ञप्ति

डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै जनसम्पर्क समिति अमेरिकाको बिज्ञप्ति

नेप्लिज डायस्पोरा

२०, आश्विन २०७७
images
डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै जनसम्पर्क समिति अमेरिकाको बिज्ञप्ति


प्रेस विज्ञप्ति

नेपालको चिकित्सा शिक्षामा आमुल सुधारका माग राखि डा. गोविन्द के.सीको २० दिन अगाडि जुम्लाबाट शुरू भएको अनशन काठमाण्डौंको शिक्षण अस्पतालमा पुग्दा अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको प्रति नेपाली जनसम्पर्क समिति अमेरिकाको गम्भीर ध्यानाकर्षण भएको छ । यसबीचमा सत्याग्रही अनशनरत डा.केसीलाई सरकारले प्रस्तुत गरेको ब्यवहार अमानवीय, अपमानजनक र अनुदार भएको ठहर गर्दै, सरकारको यस किसिमको रवैया र दुरव्यवहार प्रति समिति घोर निन्दा र भत्सर्ना गर्दछ । विगतमा अनसनरत डा. गोविन्द के.सीका मागहरूलाई नेपाली कांग्रेसको पालामा सम्बोधन गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” जारी गरिएको कुरा सबैलाई सर्वविदितै छ । त्यही अध्यादेशको जगमा टेकेर अनसनरत डा. केसीको अहिले उठाएका जायज मागहरूलाई पूरा गर्न र उहाँको जीवन जोगाउन नेपाली जनसम्पर्क समिति अमेरिका नेपाल सरकारसंग जोडदार माग राख्दै, हार्दिक अपिल र आग्रह गर्दछ । धन्यवाद , जय नेपाल !

मुनिन्द्र नेम्बाङ

महासचिव


नेपाली जनसम्पर्क अधिवेशन
तयारी समिति अमेरिका
Oct, 4, 2020.

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - ०५:०४:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend