Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरीकामा बसेर नेपालमा सामाजिक काम गर्छन नवराज सुवेदी

अमेरीकामा बसेर नेपालमा सामाजिक काम गर्छन नवराज सुवेदी

नेप्लिज डायस्पोरा

११, फाल्गुण २०७७
images
अमेरीकामा बसेर नेपालमा सामाजिक काम गर्छन नवराज सुवेदी

त्यसो त उनको परिचय नेपाली सेयर बजारमा लगानीकर्ता तथा लगानीकर्ताको नेताको रुपमा छ। उनले नेपालमा अफ्ठेरो परेका मानिसलाई सेवा पनि गर्छन र अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए यूएसए) को महासचिव पदका उम्मेदवारी दिने घोषणा पनि गरीसकेका छन । उनि हुन् नवराज सुवेदीले !

असंगठित क्षेत्रमा कार्यरत मजदुरहरूको रोजगारी तीव्र गतिमा गुम्दै गएको छ । यस्तो परिस्थितीमा एक युवा गरिब र विपन्न वर्गका समुदायलाई लक्षित कार्यक्रम अघि बढाउँदै सामाजिक सेवामा सक्रिय बन्दै गएका छन।

हाल अमेरिकाको नर्थ कारोलिनामा बसोबास गर्दै आएका सुवेदी आफ्नो उम्मेदवारी घोषणा गर्दै स्वदेश तथा विदेशमा रहेका नेपाली समाजको हितलाई केन्द्रविन्दुमा राखेर अभियान अगाडि बढाइने बताएका थिए ।

सुवेदिले भन्छन, ‘सामाजिक सेवा हाम्रो संस्कृति हो, हाम्रो परम्परा हो र हाम्रो ऐतिहासिक गौरव पनि हो । हुनेले नहुनेलाई, सक्नेले नसक्नेलाई, शक्तले अशक्तलाई र सक्षमले असक्षमलाई साथ दिने, सहयोग गर्ने हो। म अब सामाजिक सेवामा होमीइ सकें।"

1.jpg

ताप्लेजुङको एउटा दुर्गम बस्ती ओदाक गाउँका मसिनामा जेनेन्दार विद्यार्थी भाई,बहिनीहरुलाई कापि—कलम लगायत अन्यः स्टेस्नरी सामग्रीहरु वितरण गर्ने अवसर मिल्यो । अब मेरो ध्यान कर्णाली विद्यार्थी भाई, बहिनीहरुलाई सामग्रीहरु वितरण गर्ने तयारी गर्दैछु । त्यो न्युज पनी तपाईहरुले लेख्ने अवसर पाउनु हुनेछ, ‘सुवेदीले भने ‘।

पछिल्लो समय सामाजिक अगुवाका रुपमा आफूलाई स्थापित गराउन तँछाड मछाड गर्नेहरु बढेका छन् ।
राजनीतिक दलका कार्ड फ्याँकेर होस् वा कुनै न कुनै संगठन, सञ्जाल वा समूह गठन गरेर किन नहोस् सामाजिक सेवामा लागेकाहरुको भीड बढ्दो छ । समाजमा सस्तो लोकप्रियता लागि सामाजिक कार्यमा सरिक गराउन चाहन्छन् । तर नवराज सुवेदीको सामाजिक हात निरन्तर अगाडी बढाउँदा, हात नकामुन शुभकामना !

यहाँ भएका तस्बिरहरु ताप्लेजुङमा शैक्षिक सामग्रीहरु वितरण गर्दाका केहि दृश्यहरु हुन्, जो सुवेदीले पठाएका थिए।

 

2.jpg

 

 


सतीश चापागाईंको बहुचर्चित कविता विमानस्थलमा बा !

 

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १८:५०:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend