एनआरएनए अमेरिकाको आगामी कार्यकालको बोर्ड अफ डाइरेक्टर पदमा युवा समाजसेवी बिशाल रानाले उम्मेदवारी घोषणा गरेका छन्। लामो समयदेखि एनसीसी अमेरिकामा सक्रिय राना यो पटक भने युवाहरुको प्रतिनिधित्व गर्दै बोर्ड सदस्यका लागि आकांक्षी बनेका छन्।
विगत लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाएर बसेका राना सबै नेपालीको दु:ख सुखको सारथी बनेका धेरै उदाहरण छन्। रानाले सबै नेपालीहरु त्यसमा पनि युवाहरुको नेतृत्व गर्न आफू यो पटक आकांक्षी हुने बताएका छन्।
"धेरै ठाउँमा युवाहरुलाई कि त बराल्ने काम गरिन्छ कि त प्रयोग मात्र गरिन्छ। युवाहरुलाई मौका दिने र लिने दुवै कुरामा म कटिबद्ध छु ।" रानाले भने।
बिशेषगरी नेपाली युवा र बिधार्थीहरुले अमेरिकामा भोग्नु परेका समस्या, मौका र भविष्यका लागि युवा नै अगाडी आउनु पर्ने कुरामा टड्कारो देखेकाले आफू आकांक्षी भएको कुरा उनले बताए।
अघिल्लो निर्वाचनमा पराजित भएर पनि बिशाल पुरै दुई बर्ष संस्थाका काममा सक्रिय भएका युवा हुन्। जितेर गएकाहरु नै सक्रिय नभएको बेला बिशाल रानाले देखाएको सक्रियताले उनी बोर्ड अफ डाइरेक्टर पदका लागी योग्य र जिताउनै पर्ने नेता हुन् भन्नेमा शंका छैन।