Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गायक तथा पत्रकार रामप्रसाद पाठकको तीज गीत ‘मुसु मुसु मुस्काउँदै हाँस’ सार्वजनिक

गायक तथा पत्रकार रामप्रसाद पाठकको तीज गीत ‘मुसु मुसु मुस्काउँदै हाँस’ सार्वजनिक

नेप्लिज डायस्पोरा

२१, श्रावण २०७८
images
गायक तथा पत्रकार रामप्रसाद पाठकको तीज गीत ‘मुसु मुसु मुस्काउँदै हाँस’ सार्वजनिक

 

काठमाडौं ।

विगत लामो समयदेखि नेपाली लोकदोहोरी गीत गायन तथा सृजनामा संघर्षरत गायक, सर्जक तथा पत्रकार रामप्रसाद पाठकको यस वर्षको नयाँ तीजगीत ‘मुसु मुसु मुस्काउँदै’ हाँस सार्वजनिक भएको छ । गायक पाठककै लय तथा शब्द रहेको यो गीतमा महिला आवाज चर्चित लोकदोहोरी गायिका राधिका हमालको रहेको छ ।

लक्षुप्रकाश मल्लको संगीत संयोजन रहेको यो गीत म्युजिक बैङ्क रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने यस गीतमा रेकर्डिङ तथा मिक्सिङ विजय बुढाको रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो निर्देशन गायक पाठककै रहेको छ ।मनबहादुर पुनको क्यामेरा तथा समपादन रहेको यस गीतमा रामप्रसाद पाठक,प्रिया मगर, अनिता श्रेष्ठ, दृष्टि पाठक, कृष्टि पाठक, मेख गुरुङ, निर्मल कार्की, रिदिमा पुन, रविना कार्की, धनमाया आले, दिप्सन पाठक, एलिसा पराजुलीलगायतका कलाकारहरुको अभिनय रहेको छ । यस्तै यस गीतको कोरियोग्राफी प्यिा मगरको रहेको छ ।

सामाजिक परिवेश र मौलिकता समावेश गरेर प्रस्तुत गरिएको यस गीतलाई गायक स्वयं रामप्रसाद पाठककै युट्युव चयानल नमुना नेपाल डट कमबाट बजारमा सार्वजनिक भएको हो ।

images
प्रकाशित मिति :श्रावण २१, २०७८ बिहिवार - ०७:३३:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend