Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आधा मत गणना गर्दा देउवा ५० प्रतिशतको नजिक

आधा मत गणना गर्दा देउवा ५० प्रतिशतको नजिक

नेप्लिज डायस्पोरा

२८, मंसिर २०७८
images
आधा मत गणना गर्दा देउवा ५० प्रतिशतको नजिक

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ ।

राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा हालसम्म कुल खसेको मतको आधा गणना भइसकेको छ । २६७७ मत गणना भएको छ । सुरुदेखि नै अग्रता लिइरहेका शेरबहादुर देउवाले १२६७ मत पाएका छन् भने शेखर कोइरालाले ९८० मत पाएका छन् ।

प्रकाशमान सिंहले २०४ र विमलेन्द्र निधिले १६२ मत पाउँदा कल्याण गुरुङले १२ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

शेखर कोइराला समूमहका नेताहरुले आधा मत गणनाले पुनः मतदानको संकेत गरेको दाबी गरेका छन्, तर देउवालाई बहुमतका लागि अपुग मत धेरै नभएकाले संस्थापन पक्षका नेताहरु भने पहिलो चरणमै जित्ने आशामा छन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ०७:२६:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend