Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सुरु

भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सुरु

नेप्लिज डायस्पोरा

२४, आषाढ २०७९
images
भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सुरु

भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ । नेपाल-भारतबीच सन् २०१४ मा भएको नेपाल-भारत मैत्री सेवा सम्झौताअनुरुप बस सेवा सुरु भएको हो।

सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र भारतबीच सिधा सम्बन्ध जोड्नका लागि नेपाल र भारतका प्रमुख सहरबाट सिधा बस सेवा सञ्चालन गर्न सम्झौता भएको थियो।

भारतको पश्चिम बंगाल सरकारको सरकारी बस सेवा प्रदायक कम्पनी (एनबीएसटीसी) नर्थ बंगाल स्टेट ट्रान्सपोर्ट कर्पोरेसनको मातहतमा रहने गरी अर्बान परिवहन सर्भिस प्रालिले भारतीय नम्बर प्लेटको सवारी साधनबाट सिलिगुडी(काठमाडौं बस सेवा सुरु गरेको हो।
 
ग्रिनलाइन कम्पनीको एसोजडित सुविधा सम्पन्न डब्लु बी २५ के २९४९ नम्बरको बसले सेवा सञ्चालन गरेको हो। यसअघि नेपाल-भारतमैत्री बस सेवा सञ्चालन अन्तर्गत नेपाली नम्बर प्लेटको सवारीसाधनले निरन्तर सेवा प्रदान गरिरहेको छ। यो समाचार कारोबार दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १०:३८:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend