Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जीवन भण्डारीको बाल गीत ‘मिठी पापा’ सार्वजनिक (भिडियोसहित)

जीवन भण्डारीको बाल गीत ‘मिठी पापा’ सार्वजनिक (भिडियोसहित)

नेप्लिज डायस्पोरा

३१, श्रावण २०७९
images
जीवन भण्डारीको बाल गीत ‘मिठी पापा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । पत्रकार जीवन भण्डारीले लेखेको नयाँ बाल गीत ‘मिठी पापा’को भिडियो सार्वजनिक गरिएको छ ।

यो गीत व्यस्त वावु आमाले छोराछोरीलाई समय दिन नसकेको विषयमा केन्द्रीत छोटो चलचित्र ‘आराध्या’ को शीर्ष गीत हो । बालगायिका आरसिया साहको मिठो स्वर रहेको गीतमा संगीतकार विशाल निरौलाले संगीत तथा एरेन्ज गरेका छन ।

गीतमा वालवालिकाको चाहना र वावु आमाको आग्रहलाई समेटिएको छ । वाल्यकालदेखि नै वाल साहित्य सृजना गर्दै आएका पत्रकार भण्डारीका अरु पनि दर्जनौ वालसृजना छन् । पत्रकार भण्डारी अहिले राष्ट्रिय समाचार समितिमा उपसम्पादक र नेपाली रेडियो नेटवर्कमा समाचार निर्देशकका रुपमा कार्यरत छन् ।

चलचित्र र गीत दुवैमा चर्चित कलाकारहरु आमिर गौतम, सुरविना कार्की, सफु बुढाथोकी, सफलता भण्डारी, प्रान्जल पौडेल लगायतको अभिनय रहेको छ । गीत राम्रो इन्टरटेनमेन्ट युट्युव च्यानलमा राखिएको छ ।

दर्जनौ छोटा चलचित्र बनाइसकेका चलचित्रकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार छोटो चलचित्र आराध्या भने केहि दिनमा सार्वजनिक गरिनेछ ।

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - १७:१२:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend