Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

बेलायतको प्रधानमन्त्री बन्दै भारतीय मूलका ऋषि सुनक

बेलायतको प्रधानमन्त्री बन्दै भारतीय मूलका ऋषि सुनक

नेप्लिज डायस्पोरा

७, कार्तिक २०७९
images
बेलायतको प्रधानमन्त्री बन्दै भारतीय मूलका ऋषि सुनक

संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन्। ४२ वर्षका ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेको बिबिसीले जनाएको छ। 

उम्मेदवारी दर्ताको अन्तिम समयमा अर्की दाबेदार पेनी मोर्डन्ट नेतृत्वको दौडबाट बाहिरिएपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने ऋषिको बाटो खुलेको हो। 

कुनैबेला भारतलाई उपनिवेश बनाएको बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि प्रधानमन्त्री बन्ने भएका हुन्। 

बोरिस जोन्सनको सरकारमा अर्थमन्त्री रहेका ऋषि सात हप्ताअघि भएको कन्जरभेटिभ पार्टीको नेताको चुनावमा लिज ट्रससँग पराजित भएका थिए।  प्रधानमन्त्रीका रूपमा ट्रसले ४५  दिनभन्दा बढी काम गर्न सकिनन्। त्यसपछि ऋषि फेरि प्रधानमन्त्रीको दौडमा सामेल भएका  हुन्। 

ऋषिका हजुरबुबा-हजुरआमा भारतको पञ्जाबबाट पूर्वी अफ्रिका गएका थिए। केन्याबाट उनको परिवार बेलायतको साउथएम्पटोन सरेका थिए।

ऋषिका बुवा बेलायतको स्वास्थ्य सेवामा काम गर्थे भने उनकी आमा फार्मेसिस्ट थिइन्। सन् १९८० मा जन्मिएका ऋषिले अक्सफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र पढेका हुन् भने अमेरिकाकाको स्ट्यान्डफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका छन्। भारतसँग ऋषिको पुर्ख्यौली साइनोमात्र छैन, अहिले पनि पारिवारिक सम्बन्ध छ।

उनले भारतीय अर्बपति एवं इन्फोसिसका सहसंस्था एनआर नारायणमुर्थीकी छोरी अक्षता मुर्थीसँग विवाह गरेका छन्। अक्षताको अहिले पनि भारतीय नागरिकता छ। सोही कारणले केही समयअघि बेलायतमा कर तिर्ने विषयमा उनी विवादमा परेकी थिइन्।

प्रधानमन्त्रीका रूपमा ऋषिले संकटोन्मुख बेलायती अर्थतन्त्रलाई सही दिशामा ल्याउनु पर्नेछ सेतोपाटी डटकममा उल्लेख छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - २१:१६:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend