Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

तनहुँ–२ (१) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित

तनहुँ–२ (१) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित

नेप्लिज डायस्पोरा

७, मंसिर २०७९
images
तनहुँ–२ (१) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित

७ मंसिर, तनहुँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

महतले १५ हजार छ सय ५३ मत प्राप्त गर्नुभएको तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो । प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ८१ मत प्राप्त गर्नुभयो ।

उक्त प्रदेशमा ३७ हजार सात सय ९४ मत खसेको थियो । यो प्रदेशमा व्यास नगरपालिका–५ र ६, म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिका पर्दछ ।

विसं २०३४ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका महतले विसं २०४४ मा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पञ्चायत सदस्यमा चुनावमा पराजय भोग्नुभएको थियो ।

महतले पर्यटकीय सहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०९:५४:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend