Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

लसएन्जलसमा तामागं सोसाईटीको कार्यक्रममा भव्य, लोक गायक कृष्ण देवकोटाले सबैलाई नचाए

लसएन्जलसमा तामागं सोसाईटीको कार्यक्रममा भव्य, लोक गायक कृष्ण देवकोटाले सबैलाई नचाए

नेप्लिज डायस्पोरा

२५, माघ २०७९
images
लसएन्जलसमा तामागं सोसाईटीको कार्यक्रममा  भव्य,  लोक गायक कृष्ण देवकोटाले सबैलाई नचाए

 लस-एन्जलस

तमाङ्ग समुदायको नयाँ बर्ष ल्होसारको अवसरमा तामांग सोसाइटी लस-एन्जलसले स्थानीय आर्टेसिया पार्कमा आइतबार आयोजना गरेको बनभोज कार्यक्रम बिबिध सांस्कृतिक कार्यक्रम सहित भव्यताकासाथ सम्पन्न भएको

दक्षिण क्यालिफोर्नियाका झन्डै ६०० जना नेपाली मुलका अमेरिकनहरुको सहभागिता रहेको बनभोज कार्यक्रममा चर्चित दोहोरी गायक कृष्ण देवकोटाको प्रस्तुतिमा सहभागीहरुले नाचगान गरेका थिए ।

A6A8C335-69CF-4099-B586-F68D1E672C2E.jpeg

आयोजक तामांग सोसाइटी लस-एन्जलसका अध्यक्ष टेक लामा वाइबाका अनुसार २८५९ औं सोनाम लोहसार नयाँ बर्षबिरालो बर्गको अवसरमा आयोजित बनभोज कार्यक्रममा भलिवल प्रतियोगिता, म्युजिकल चेयर, लक्की ड्र लगायतको खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो

अध्यक्ष लामाका अनुसार सोनाम लोहसार नयाँ बर्षबिरालो बर्गको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान, नेपाली खानाको स्वाद बृहद सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो

बनभोज कार्यक्रममा आयोजित भलिवल प्रतियोगितामा अनिल केसी समूह प्रथम, रामचन्द्र लामिछाको समुह दोस्रो, युवाहरुको समूह तेस्रो हुन सफल भएको थियो भलिवल प्रतियोगिताको संयोजन अनिल केसी, मनिराज न्यौपाने र रामचन्द्र लामिछानेले संयोजन गर्नु भएको थियो

9C59BE2F-0610-4F66-9E4B-327E606E9764.jpeg
undefined

यसैगरी सामाजिक अभियन्ता सारदा श्रेष्ठको संयोजकत्वमा म्युजिकल चेयर प्रतियोगिता सम्पन्न भएको थियो पुरस्कृत खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरिएको थियो

बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै क्यालिफोर्नियका लागि नेपाली अवैतनिक वाणिज्यदूत ऋषि ढकालले प्रवाशमा बस्ने नेपाली मुलका तमाङ्ग समुदायले आफ्नो मौलिक संस्कृति जगेर्ना गर्ने समुदायलाई जोड्ने कार्य गरेकोमा तामांग सोसाइटी लस-एन्जलसलाई शुभकामान धन्यवाद ज्ञापन गर्नु भएको थियो

बनभोजमा सेलरोटी, अचार मासुको परिकार सहित बलराम तामांग, बिन्दु लामा, केशर लामा, डा राम तमाङ्ग, मदनतामांग, टिका लामा, निमा पाख्रिन, नर तमाङ्ग लगायतले सहभागीहरुको मन जितेका थिए

FEBBE251-6920-428C-BFA8-B655E180C021.jpeg
undefined

बनभोज कार्यक्रममा स्थानिय पशुपतिनाथ फाउन्डेसनका पदाधिकारी, मधोशी, सुदुर पश्चिम, गुरुङ, मगर, नेवार तामाङ्ग समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

जेठो नेपाली अमेरिकन बेद्भक्त जोशीको नृत्यमा सहभागीहरुले खुलेर रमाइलो गरेका थिए भने बनभोज कार्यक्रमलाईलाईसहयोग पुर्याउनुहुने ब्याबसायीहरुलाई तामांग सोसाइटीका अध्यक्ष टेक लामाले धन्यवाद ज्ञापन गर्नु भएको थियो

बनभोजमा आयोजित खेलकुद प्रतियोगिता मनोरंजन कार्यक्रम उद्घोषण रोशन अधिकारीले गर्नु भएको थियो भनेस्थानीय समाजसेवी कृष्ण कोइराला, अग्नि चौलागाईं इन्द्रराज पाण्डेले कार्यक्रम संयोजन गर्नु भएको थियो

725D8AC6-43B4-4B61-BF13-9FF5EC2A9F67.jpeg
undefined

 

images
प्रकाशित मिति :माघ २५, २०७९ बुधवार - ०९:११:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend