Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

नेपाल प्रेस युनियन पाल्पामा मन गहिरे निर्वाचित, पहिलो महिला नेतृत्व

नेपाल प्रेस युनियन पाल्पामा मन गहिरे निर्वाचित, पहिलो महिला नेतृत्व

images
नेपाल प्रेस युनियन पाल्पामा मन गहिरे निर्वाचित, पहिलो महिला नेतृत्व
पाल्पा । नेपाल प्रेस युनियन पाल्पामा पहिलो पटक महिला नेतृत्व पाएको छ । 

प्रेस युनियन पाल्पाको अध्यक्षमा मन गहिरे निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार राती सम्पन्न अधिवेशनको बन्द सत्रले गहिरेको अध्यक्षतामा १९ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको निर्वाचन अधिकृत शिवप्रसाद देबकोटले जानकारी दिनुभयो । 

प्रजातान्त्रिक पत्रकारहरूको छाता सङ्गठन नेपाल प्रेस युनियन पाल्पा नवौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा विष्णु खनाल, रामचन्द्र रायमाझी र दानु हिस्की चयन भएका छन् । 

यस्तै सचिवमा विष्णु प्रसाद घिमिरे, सहसचिवमा इमानसिंह राना, बबिता बिस्ट, सन्तोष सुनार, कोषाध्यक्षमा दिपक भट्टराई रहेको प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले जानकारी दिनुभयो । 

यस्तै, सदस्यहरूमा किसन पोखरेल, जीवन तिवारी, मिना कुमाल, प्रकाश ज्ञवाली, रमेश राना, भविश्वर पौड्याल, सुमन कार्की, दुर्गा अर्याल, इवन ढेंगा र सुशील बस्याल चयन भएका हुनुभएको छ  ।

images
प्रकाशित मिति :जेठ १, २०८० सोमवार - १८:४०:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend