Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अमेरिकाको टेक्सास दुर्घटनाका मृतकको गोफण्डमा तीनदिनमा ७५ हजार उठ्यो

अमेरिकाको टेक्सास दुर्घटनाका मृतकको गोफण्डमा तीनदिनमा ७५ हजार उठ्यो

नेप्लिज डायस्पोरा

८, आषाढ २०८०
images
अमेरिकाको टेक्सास दुर्घटनाका मृतकको गोफण्डमा तीनदिनमा ७५ हजार उठ्यो

तस्वीर: गोफण्ड मीबाट

अमेरिकाको टेक्सासस्थित टाइलरमा शनिबार बेलुका सवारी दुर्घटनामा परेर मृत्यु भएका दुई जना नेपालीको परिवारका लागि खोलिएको गोफण्ड मी एकाउण्टमा विहिवार सांझसम्ममा झण्डै ७५ हजार डलर संकलन भएको छ । १ लाख डलर लक्ष्य सहितको उक्त सहयोग संकलन खातामा अहिलेसम्मको रकमलाई राम्रै मानिएको छ ।

दुर्घटनामा परेर श्रृजन ज्ञवाली र ईमेज कार्कीले ज्यान गुमाएका थिए ।

पाल्पा जिल्लाको भैरवस्थान घर भएका ३४ बर्षका श्रृजन ज्ञवाली अमेरिका आएको ३ बर्षमै ज्यान गुमाउन पुगेका हुन् । नेपालमा घरको अवस्था नाजुक रहेको ज्ञवालीको पारिवारिक सुत्रले जनाएको छ । बुबाआमा केही समयदेखि आफन्तको घरमा बसेका कारण श्रृजन यहां धेरै दुख गरेर नेपाल पैसा पठाउने गरिरहेक बुझिएको छ ।

श्रृजनको मृत्युपछि उनका बाबुआमाको विचल्लि हुने भन्दै र उनको अन्तिम संस्कारका लागि भनेर यो गोफण्ड शुरु गरिएको टेक्सासमा रहेका उनका पारिवारिक नाता तथा पाल्पाली संगम टेक्सासका संयोजक शिव काफ्लेले बताए ।

गोफण्डबाट उठेको रकम श्रृजन र अर्का मृतक ११ बर्षिय बालक ईमेजको परिवारका लागि संयुक्त रुपमा बितरण गरिने बताईएको छ ।

श्रृजन मृतक बालकका आमाबुबासंगै बस्थे र सो दिन बालकका बाबु दिनेशको परिवारसंगै गाडीमा सवार थिए ।

हेर्नुहोस नेप्लिज डायस्पोराको पहिलाको समाचार:

अमेरिकाको टेक्सासस्थित टाइलरमा शनिबार बेलुका सवारी दुर्घटनामा परेर मृत्यु भएका दुई जना नेपालीको परिवारका लागि खोलिएको गोफण्ड मी एकाउण्टमा विहिवार सांझसम्ममा झण्डै ७५ हजार डलर संकलन भएको छ । १ लाख डलर लक्ष्य सहितको उक्त सहयोग संकलन खातामा अहिलेसम्मको रकमलाई राम्रै मानिएको छ ।

दुर्घटनामा परेर श्रृजन ज्ञवाली र ईमेज कार्कीले ज्यान गुमाएका थिए ।

पाल्पा जिल्लाको भैरवस्थान घर भएका ३४ बर्षका श्रृजन ज्ञवाली अमेरिका आएको ३ बर्षमै ज्यान गुमाउन पुगेका हुन् । नेपालमा घरको अवस्था नाजुक रहेको ज्ञवालीको पारिवारिक सुत्रले जनाएको छ । बुबाआमा केही समयदेखि आफन्तको घरमा बसेका कारण श्ृजनले यहां धेरै दुख गरेर नेपाल पैसा पठाउने गरिरहेक बुझिएको

अमेरिकाको टेक्सासस्थित टाइलरमा शनिबार बेलुका सवारी दुर्घटनामा परेर दुई जना नेपालीको मृत्यु भएको सोही दुर्घटनामा परेर अन्य जनानेपाली घाईते भएको बुझिएको

प्राप्त जानकारी अनुसार जना नेपाली चढेको कारलाई पिकअप ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा परेर मृत्यु हुनेमा ३४ बर्षका श्रृजन ज्ञवाली  ११ बर्षका बालक इमेज कार्की रहेका छन्

दुर्घटनामा दिनेश कार्की, गंगा कार्की, इभान कार्की र श्रृजन प्याकुरेल घाइते भएका छन् । श्रृजन प्याकुरेलको अवस्था सामान्य रहेको तर अरु तीनजनाको अवस्था भने गम्भिर रहेको जनाइएको तीनै जनाको अस्पतालमा उपचार भइरहेको

घाइते दिनेश कार्की गंगा कार्की घटनामा ज्यान गुमाउने ११ बर्षका बालक इमेज कार्कीका बुबा आमा हुन् घाइते अर्का बालक बर्षका इभान कार्की पनि दिनेश कार्की गंगा कार्कीका छोरा हुन् मृतक श्रृजन ज्ञवालीले पनि कार्की परिवारको स्टोरमा काम गर्दै आएका थिए

खराब मौषमपछि घरमा विद्युत आपूर्तिमा अवरोधभएपछि जना नै एउटै गाडीमा चढेर साथीको घरतिर जाँदै गर्दा दुर्घटना भएको जनाइएको

मृतकहरु र घाईतेहरुको सहयोगका लागि अहिले गोफण्डमी खोलिएको छ । जसमा तीन घण्टामा झण्डै १७ हजार डलर संकलन भएको छ । 

गोफण्ड मीको लागि यहां लिंक मा क्लिक गर्नुहोस ।

 

images
प्रकाशित मिति :आषाढ ८, २०८० शुक्रवार - ०६:३६:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend