Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गोमविक्रमको 'मगर संस्कृति, परम्परा र गरिमा' सार्वजनिक

गोमविक्रमको 'मगर संस्कृति, परम्परा र गरिमा' सार्वजनिक

नेप्लिज डायस्पोरा

२४, आषाढ २०८०
images
गोमविक्रमको 'मगर संस्कृति, परम्परा र गरिमा' सार्वजनिक

 

विवेक ज्ञवाली,

असार २३, २०८०, पाल्पा ।

बगनासकाली -७ कल्लाबारी, पाल्पाका साहित्यकार एवम् अनुसन्धाता गोमविक्रमद्वारा लिखित पुस्तक मगर संस्कृति, परम्परा र गरिमा भुँडीपुराण प्रकाशन काठमाण्डौले २०८० असारमा प्रकाशन गरी बजारमा ल्याएको छ ।

चौध परिच्छेदमा तयार भएको उक्त पुस्तकमा मगर जातिको चिनारी, मगर जातिका संस्कार तथा प्रथा, मगरी चाडपर्व तथा दिवसहरू, गीत र नाचहरू, साहित्य तथा चलचित्र, मौलिक धर्म, पहिरन, लोककला, परम्परागत मगरी खेलकुँदहरू, मगरी खानपान, प्रचलित लोकबाजाहरू, केही विशिष्ट व्यक्तिहरू जस्ता मूल विशिष्टिकृत शीर्षकहरू रहेका छन् ।

पुस्तकले मगर समुदाय सन्दर्भसँगमा विषय केन्द्रित गरी विशेष खोज गरे पनि मगरेतर जाति र तिनको परम्परा एवम् विशिष्टिकृत गरिमालाई खोज गर्नका लागि अनुसन्धाताहरूलाई उत्प्रेरित गरेको छ भने मगर समुदाय र संस्कृति आदि विषयको चिरफार गरी तिनको महत्त्वबोध समेत गराएको छ ।

त्यसै गरी वाङमयिक इतिहासमा एउटा नौलो कर्मको इट्टा थपेको छ । भूमिका लेखक प्रा. डा.कपिल लामिछानेले सो पुस्तकलाई मगर जाति र संस्कृति र गौरवशाली व्यक्तित्त्व बारेको आँखी झ्याल बताएका छन् ।

देशभरका मगर समुदायका विविध विषय सन्दर्भहरूमाथि दृष्टि लगाई तयार पारिएको उक्त कृति हरेक अनुसन्धाता, अध्येता, जिज्ञासु व्यक्तित्व र सरोकारवालाहरूलाई उपयोगी हुने कुरामा विश्वस्त हुन सकिन्छ ।

कलात्मक आवरण रहेको उक्त पुस्तकमा विभिन्न विषयवस्तुसँग सम्बन्धित कुराहरूको आकर्षक चित्रात्मक प्रस्तुतिसँगै २१६+ २० पृष्ठमा सजिएको छ । मूल्य ४९० रहेको छ ।

सामाजिक सञ्जालबाट सार्वजनिक गर्नु भएको उक्त कृतिका कृतिकारलाई नदिको प्रवाहसरी अघि बढ्ने सफलता मिलिरहोस् बधाई तथा सफलताको शुभकामना !!

images
प्रकाशित मिति :आषाढ २४, २०८० आइतवार - १७:०९:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend