गत आईतवार मेरिल्यान्डको वाल्टिमोरमा तीजको गीत छायांकन गरिएको छ ।
उक्त गीतमा नायिका प्रियंका कार्की, शिवहरि पौडेल, खेम शर्मा, उषा लामा, रूवी पौडेलको अभिनय रहेको छ । गीतमा अन्जु थापा रक्षा वानिया, ईशा गुरूंग, पुनम थापा, सम्झना पहारी लगाएत वाल्टिमोरका दिदीवैनीले नाचेर साथ दिनु भएको थियो ।
छायांकन स्थलमा वाल्टीमोर मेरिल्यान्डका मगर समाज तमु समाज कास्की समाज म्याक्दी ,पर्वत ,वाग्लुगं समाज पाल्पाली संगम मेरिल्याडका दिदी वहिनीको वाक्लो उपश्थिती रहेको थियो ।
निर्देशक शिव वि क ले निर्देशन गरेको उक्त गीतलाई छायांकन भने पवन गौतम र पशुपति वस्यालले छायंकन गरेका थिए ।छायंकन स्थलमा नमस्ते ईभेन्टको सजावट र रमेश श्रेष्ठ को फोटो ग्राफी देख्न सकीन्थ्यो भने व्यवस्थापनमा खिम मस्रंगीलाई भ्याई नभ्याई थियो ।
गीतमा पाल्पाली चेली गायिका कल्पना देवकोटा स्वर र शब्द ,संगीत लक्ष्मण पौडेलको रहेको छ । सुटिगं स्थलमा उपश्थित वरिष्ठ निर्देशक गोपाल चन्द्र लामिछाने, नायक राहुल के सी, वानाका संस्थापक अध्यक्ष मोहन थापा, एनआर एनए मेरिल्यान्डका नव निर्वाचित अध्यक्ष कुल गुरूगं, नायक प्रवेश उप्रेती, गायक राजु ढंगेल पनि उपश्थिती रहेको थियो ।
वाराही म्यूज़िक तथा ईन्टरटेन्मेटको यू ट्यूबवाट तिजको अवसर पारेर रिलिज गरिने उक्त तिजगीत “हाई भन्यो मायाले “ लाई हाम्रो पनि शूभकामना ।