एनआरएनए एनसीसी यूएसएले प्रदान गर्ने भनिएको छात्रबृती पाउने ८ जनाको नाम सार्वजनिक गरिएको छ ।
एनआरएनए एनसीसी यूएसएले ती बिध्यार्थीलाई एक हजार डलर रकम प्रदान गर्नेछ । यो स्कोलरसिप पाउनेहरुमा चार छात्र र चार छात्रा रहेका छन । आवेदन परेका ९७ जनाहरुबाट उत्कृष्ट डकुमेन्ट भएका आठ जनालाई यो स्कोलरसिप दिइएको छ । यसको रकम एक हजार अमेरिकी डलर रहेको छ ।
आवेदन दिएकाहरुलाई चार बिधाका आधारमा अंक दिइएको थियो । जसमा सिभी, ट्रान्सक्रिप्ट लगायतका थिए । चार मध्ये तीन क्याटागोरीमा ३०–३० अंक रहेको थियो भने एकमा १० अंक राखिएको थियो ।
यो छात्रबृती सन् २०२१ देखि २०२३ को कार्यसमितीको युवा विध्यार्थी र खेलकुद विभागद्वारा घोषणा गरिएको स्नातक लेभलका लागि हो । तत्कालिन युवा संयोजक त्रिभुवन पाण्डेको पालामा नै यो स्कोलर सिप पाउनेको नाम सार्वजनिक गरिनुपर्ने थियो । तर त्यो बेला चुनावका कारण विजेताको नाम सार्वजनिक गरिएको थिएन । जसका कारण अहिले विजेताको नाम सार्वजनिक गरिएको हो ।
अमेरिकाको चार वटा क्षेत्रबाट एक छात्रा र एक छात्रलाई यो स्कोलरसिप दिइएको छ । जसमा मिडवेष्टबाट छात्रमा रन्जक जोशी, छात्रामा दिपशिखा कार्कीले पाएका छन भने नर्थवेष्टबाट छात्रामा युनिका थाम्चा मगर र छात्रमा बिश्व थापा छन । यस्तै साउथबाट छात्रमा दिनेश छन्त्याल र छात्रामा सुबिक्षा लामा छन । वेष्टबाट छात्रमा मुकेश बास्तोला र छात्रामा याङत्यान लामाले यो स्कोलरसिप पाएका छन ।
स्कोलरसिप घोषणा कार्यक्रम अनलाईनको माध्यमबाट गरिएको थियो । जसमा नवनिर्वाचित अध्यक्ष अर्जुन बन्जाडेले विजेता सबैलाई बधाई दिएका थिए ।