Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

डेंगुबाट बङ्गलादेशमा तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित

डेंगुबाट बङ्गलादेशमा तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित

नेप्लिज डायस्पोरा

१, आश्विन २०८०
images
डेंगुबाट बङ्गलादेशमा तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित

बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा तीन हजार १२२ जना नयाँ डेंगुका बिरामी फेला परेका छन् । यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो सङ्ख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ ।

प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या ८२२ पुगेको छ ।   ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८४९ जना र राजधानी बाहिरका अस्पतालमा डेंगुका बाँकी बिरामी भर्ना भएका छन् ।

 

ढाकामा चार हजार ६६ सहित १० हजार ४३७ डेंगुका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन् ।  यस वर्ष अहिलेसम्म एक लाख ६७ हजार ६८४ जनामा डेंगु को सङ्क्रमण देखिएको छ भने निको हुनेको सङ्ख्या एक लाख ५६ हजार ४२५ पुगेको छ ।

 

यद्यपि, यो महिना मृत्यु हुनेको सङ्ख्या २२९ पुगिसकेको छ र भेक्टरजनित रोग अनियन्त्रित रूपमा फैलिरहेको छ। बङ्गलादेशमा सन् २०२२ मा डेंगुका कारण २८१ जनाको मृत्यु भएको थियो ।  

सन् २०१९ मा १७९ जनाको मृत्यु भएको र यो बर्ष डेंगुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै १०० सङ्ख्याले बढी भएको हो । सन् २०२२ मा बङ्गलादेशमा ६२ हजार ४२३ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो भने ६१ हजार ९७१ जना निको भएका थिए ।

यसैबीच युनिसेफले बङ्गलादेशलाई डेंगुको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - १६:२९:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend