Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने

फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने

नेप्लिज डायस्पोरा

२, आश्विन २०८०
images
फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने

फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्माण हुने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म घोषणा गरिएको हो । निर्माण युनिटले फिल्मको कथासार रहेको एक भिडियो सार्वजनिक गर्दै घोषणा गरेको हो ।

 

फिल्म अभिनेता विमलेश अधिकारीले निर्देशन गर्न लागेका हुन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका अभिनेता अधिकारी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । फिल्ममा विमलेश स्वयंको कन्सेप्ट र कथा रहनेछ ।

 

निर्देशक अधिकारी समेत मुख्य भूमिकामा देखिने फिल्म केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भूमिका रहनेछ । सेभेन कलर्सको निर्माण रहने फिल्मले सम्बन्ध विच्क्षेदको कथामा विषयवस्तु बनाएको छ ।

२०२४ को जनवरीबाट फिल्मको छायांकन सुरु हुनेछ । विमलेश पछिल्लो समय २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘जंगबहादुरको कोट’ अभिनय गरेका थिए । ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ जस्ता फिल्म अभिनय गरेका बिमलेसले अभिनयमा सिकेको अनुभव फिल्म निर्देशनमा उतार्न लागेको बताए । अभिनेत्री विश्वकर्माले फिल्मले डिभोर्स नै समस्याको समाधान नरहेपनि जीवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडी बढ्न सिकाउने धारणा राखिन् ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - १९:०४:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend