Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अस्मिता अधिकारीले अमेरिकामा सांगीतिक यात्रा गर्ने

अस्मिता अधिकारीले अमेरिकामा सांगीतिक यात्रा गर्ने

नेप्लिज डायस्पोरा

९, आश्विन २०८०
images
अस्मिता अधिकारीले अमेरिकामा सांगीतिक यात्रा गर्ने

नेपाली चर्चित गायिका अस्मिता अधिकारीको अमेरिकामा पहिलो पटक सांगीतिक यात्रा हुने भएको छ।

नेपालीहरुको महान चाड बडा दशैं र तिहारको अवसर पारेर अमेरिकामा पहिलो पटक उनको सांगीतिक यात्रा हुन लागेको हो।  सांगीतिक यात्राका क्रममा अमेरिकाको विभिन्न सहरहरुमा पुगेर आफ्ना समर्थक तथा शुभचिन्तकहरुसंग साक्षात्कार गर्दै आफ्ना चर्चित सांगीतिक कोसेलीहरु पस्किने भएकी हुन्। पेशाले स्वास्थ्यकर्मी भएतापनि सांगीतिक क्षेत्रमा कमाएको चर्चाले उनलाई गायिकाको परिचयले स्थापित गराएको छ।

यस सांगीतिक यात्राका क्रममा गायिका अधिकारीलाई अर्का जल्दोबल्दो बहुमुखी प्रतिभाका धनी युवा गायक हेर्कुलेस् बस्नेतले साथ दिदै छन्। उनको पनि अमेरिकाको सांगीतिक यात्रा पहिलो हो। उक्त सांगीतिक यात्रा यही आउदो अक्टोबर २० तारिख शुक्रवारदेखि डिसेम्बर ३ तारिख आइतवारसम्म हुने गरी आवश्यक तयारी भइरहेको जनाइएको छ। ‘दशैं तिहार(२३, सांगीतिक यात्रा, अमेरिका’ नाम दिइएको यस सांगीतिक कार्यक्रमको प्रस्तुति लाइभ एट प्रिजेन्टको रहेको छ भने, व्यवस्थापकीय संयोजनकारी सहकार्यको भूमिका फ्यूजन इन्टरनेश्नल, कोसेली इभेन्ट्स्, अमेरिका संयुक्त रुपमा गर्न लागेको हो।

नेपाली महान चाड वडा दशैं र तिहारको अवसर पारेर हुन लागेको कार्यक्रमले नेपाली सांगीतिक माहोल सृजना गरेर अमेरिकामा रहेका नेपालीहरुको दशैं र तिहार पर्व थप उल्लासमय बनाउने बिश्वास गरिएको छ । कार्यक्रम अक्टोबर २१ तारिख शनिबार टेक्सास राज्यको ड्यालस सहरबाट प्रारम्भ हुने र बोस्टन, बाल्टिमोर, भर्जिनिया, सान फ्रान्सिस्कोलगायत सहरमा हुने जनाइएको छ।

 

images
प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - ०३:१५:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend