Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रेमराजा महतको नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’को भिडियो सार्वजनिक

प्रेमराजा महतको नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’को भिडियो सार्वजनिक

नेप्लिज डायस्पोरा

११, आश्विन २०८०
images
प्रेमराजा महतको नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’को भिडियो सार्वजनिक

अग्रज गायक प्रेमराजा महतले यतिबेला नयाँ लोक गीत ‘भन्देउन धरतीमाई…’को भिडियो दर्शकमाझ ल्याएका छन् । यो गीतको भिडियोलाई गायक महतले आफ्नै अफिसियली युट्युव च्यानल ‘प्रेम राजा महत’ मार्फत सार्वजनिक गरेका छन् ।

अमेरिकाको अवैतानिक बाणिज्य राजदुत समेत रहेका प्रमराज आफ्ना केही गीतहरु सार्वजनिक गर्नका लागि नेपाल आएका हुन् । सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजायी गीतहरु बजारमा ल्याएका उनले मौलिक लोक गायनलाई महत्व दिँदै आएका छन् ।

महतको यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । जसमा संगीत दीपक शर्माको रहेको छ भने संगीत संयोजन सविन सुवेदीले गरेका हुन् । यो गीतमा नरेन्द्र योगीको मिक्सिङ मास्टरिङ रहेको छ । यो गीतलाई समिर कार्कीले रेकर्डिङ गरेका हुन् ।

गीतको भिडियोमा गायक प्रेमराजा महत नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् । भिडियो निर्माता कविता देवी महत हुन् । गीतको भिडियो स्टुडियोमा लाईभ छायाँकन गरेर तयार पारिएको छ ।

यो भिडियोमा मिराज अर्याल र दिनेश बिस्टको सिनेमाटोग्राफी रहेको छ । जसमा मिराज अर्यालको सम्पादन तथा भिएफएक्स रहेको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - ०५:५९:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend