चीनको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर नेपालका विश्वकीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता भएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा शनिबार दिउँसो ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको मृत्यु भएको छ।
तेन्जेनसँगै एक जना अमेरिकी आरोही पनि बेपत्ता भएकी छन्।
सेभेन समिट कम्पनीका अनुसार सिसापाङ्मा हिमाल आरोहण गर्न तेन्जेन लामा र एलिट एक्स्पेडिसनका मिङ्मार शेर्पासँगै अमेरिकी दुई जना महिला आरोही अन्ना गुटु र जिना मारी गएका थिए।
सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाले हिमपहिरोमा फसेर चार जना आरोही बेपत्ता भएको पुष्टि गरे।