Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

आरके शर्माको पक्षमा उपमहासचिव प्रविन गुरुङ र कोषाध्यक्ष ठाकुर ढुंगाना उम्मेद्वार निश्चित

आरके शर्माको पक्षमा उपमहासचिव प्रविन गुरुङ र कोषाध्यक्ष ठाकुर ढुंगाना उम्मेद्वार निश्चित

नेप्लिज डायस्पोरा

२५, आश्विन २०८०
images
आरके शर्माको पक्षमा उपमहासचिव प्रविन गुरुङ  र कोषाध्यक्ष ठाकुर ढुंगाना उम्मेद्वार निश्चित

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार(आरके) शर्मालाई समर्थन गर्दै उपमहासचिव र कोषाध्यक्षका प्रत्यासी टुंगिएको छ । 

शर्माको उम्मेदवारीलाई समर्थन गर्दै उपमहासचिवमा कतारका प्रविन गुरुङ र कोषाध्यक्ष पदमा युएईका ठाकुर ढुंगाना प्रत्यासी बनेका छन् । 

उपमहासचिवका प्रत्याशी गुरुङ अहिलेको आइसीसीमा सचिव छन् भने कोषाध्यक्षका प्रत्याशी ढुंगाना एनसीसी युएईका निवर्तमान अध्यक्ष हुन् । 

गैरआवासीय नेपाली माझ लोकप्रिय छवी बनाएका गुरुङ उपमहासचिवमा र ढुंगाना कोषाध्यक्ष पदबाट प्रत्यासी भएपछि आरके शर्मा एनआरएनए निर्वाचनमा बलियो बन्दै गएका छन् । 

मंगलबार आरके शर्मालाई समर्थन गर्दै निर्वाचन लड्न ६ खुल्ला र एक युवा उपाध्यक्ष पद टुंगिएको थियो । गुरुङ कतारमा र ढुंगाना युएईमा सफल नेपाली व्यवसायीको रुपमा चिनिन्छन् । 

आरके शर्मालाई समर्थन गर्दै उनको एजेन्डालाई समर्थन गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका मलेसियाबाट हालका सचिव खगेन्द्र न्यौपाने, जापानबाट हालका उपाध्यक्ष रोविन्द्र प्रसाद श्रेष्ठ (गोविन्द), कतारबाट हालका युवा उपाध्यक्ष राजु रेग्मी (राज), जर्मनीबाट विजय मोक्तान, अस्ट्रेलियाबाट अभिमानसिंह बस्नेत, नेदरल्याण्डबाट शशीकान्त पौडेल र युवा उपाध्यक्षमा कतारबाट हालका युवा संयोजक अब्दुल बासिद रहेका छन् ।

शर्माले कर्मभूमि कतारबाट गतसाता २४ महिनामा २४ वटा बाचा सहित अध्यक्षमा आफ्नो योजना सहित उम्मेदवारी सार्वजनिक गरेका थिए । 

शर्माको बाचामा बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सिपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसंग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आफ्नो बाचापत्रमा समेटेका छन । यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आफ्नो बाचापत्रमा समेटेका छन् ।

गैरआवासीय नेपाली अभियन्तासँग छलफल गर्न निर्वाचनको माहोल बनाउन शर्मा ४० देशको भ्रमण गरेर सोमबार नेपाल आइपुगेका थिए । गैरआवासीय नेपाली संघको ११ औं विश्वसम्मेलन असोज ३० देखि काठमाडौंमा हुँदैछ । विश्व सम्मेलनले २ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

images
प्रकाशित मिति :आश्विन २५, २०८० बिहिवार - ००:५८:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend