Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ

एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ

नेप्लिज डायस्पोरा

३, कार्तिक २०८०
images
एनआरएनको निर्वाचन परिणाम स्वीकार गर्दैनौं : महेश श्रेष्ठ

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए) थप विवादमा मुछिएको छ । कठमाडौंमा जारी ११औं महाधिवेशनका क्रममा भएको मतदानमा धाँधली भएको भन्दै प्रतिस्पर्धामा उत्रिएको दुई समूहले निर्वाचनको परिणाम अस्वीकार गरेको छ । 

मुख्य प्रतिस्पर्धी महेशकुमार श्रेष्ठको टिम महेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएका डा.केशव पौडेललाई भौतिक उपस्थितिमा गरिएको मतदानमा उनको पक्षमा सून्य मत खसेपछि अनलाइन भोटिङ सिस्टम ह्याक गरेर डा.बद्री केसीलाई अध्यक्षमा चुनाव जिताइएको उनीहरुको आरोप छ । 

श्रेष्ठले मत परिणाम नमान्ने घोषणा गरेका छन् । उनले भने,‘एनआरएन चुनावको नतिजामा गम्भीर धोकाधडी भएको छ । यो नतिजा हामी मान्दैनौं । भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवारले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आरके शर्माले एनआरएनएमा माफियातन्त्र मौलाएको भन्दै अनलाइन मतदान सिस्टम कब्जा गरेको आरोप लगाए । उपाध्यक्षका उम्मेदवार डा.केशव पौडेलले माफियातन्त्र र सिन्डिकेट हाबी भएको र निर्वाचनमा षड्यन्त्र गरी बनावटी परिणाम सार्वजनिक गरिएको आरोप लगाए ।

images
प्रकाशित मिति :कार्तिक ३, २०८० शुक्रवार - ०८:०३:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend