Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए विवाद, आरके शर्माको नेतृत्वमा नयाँ कमिटीको घोषणा हुँदै !

एनआरएनए विवाद, आरके शर्माको नेतृत्वमा नयाँ कमिटीको घोषणा हुँदै !

नेप्लिज डायस्पोरा

४, कार्तिक २०८०
images
एनआरएनए विवाद, आरके शर्माको नेतृत्वमा नयाँ कमिटीको घोषणा हुँदै !

११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा  देखिएको विवादसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन भएको छ । निर्वाचनको नतिजाप्रति विमति राख्दै आएको समूहले नयाँ एनआरएनएको औपचारिक घोषणा गर्न लागेका छन् । 

राजधानीको होटल हिमालयमा अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठसहितको एनआरएनएहरुको भेलाले नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्न लागेको हो । 

निर्वाचनमा धाँधली गरेर बद्री केसीलाई अध्यक्ष बनाउने कार्य भएको तथा त्यो कार्य आपत्तिजनक भएको असन्तुष्ट समूहको भनाइ छ । शुक्रबार मात्रै तीन जना अध्यक्ष बद्री केसी, कुल आचार्य र रबिना थापाले निर्वाचन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए । जसअनुसार निर्वाचनमा भएको भनिएको धाँधली १४ दिनसम्म अध्ययन गरेर त्यसपछि प्राप्त हुने रिपोर्टका आधारमा अघि बढिने आन्तरिक सहमति भएको थियो । तर, सो सहमति विपरीत बद्री केसीलाई निर्वाचन कमिटीले शनिवार नै शपथ गराइएसँगै एनआरएनएमा फुटको अवस्था आएको हो । 

शनिबार केसी पक्षधरहरूबाहेकको बैठकले ११ औँ विश्व सम्मेलन सकेर नयाँ कमिटी घोषणा गर्ने तय भएको हो । जसअनुसार आर्थिकसहित पारित गर्नुपर्ने प्रतिवेदनहरु पारित गरेर नयाँ कमिटी घोषणा हुनेछ । नयाँ कमिटीलाई १० औँ महाधिवेशनबाट चयन भएका कुल आचार्य र रबिना थापाको पनि समर्थन रहेको दाबी गरिएको छ । 

images
प्रकाशित मिति :कार्तिक ४, २०८० शनिवार - १७:०९:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend