Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए कार्यालयमा पत्रकार कुटिए, आरके शर्माका समर्थकमाथि दुब्र्यवहार

एनआरएनए कार्यालयमा पत्रकार कुटिए, आरके शर्माका समर्थकमाथि दुब्र्यवहार

नेप्लिज डायस्पोरा

१४, कार्तिक २०८०
images
एनआरएनए कार्यालयमा पत्रकार कुटिए, आरके शर्माका समर्थकमाथि दुब्र्यवहार

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका अभियन्ता एवम पत्रकार ओम शर्मालाई एनआरएनएको मुख्यालय वालुवाटारमा एमाले निकट युवा संघका कार्यकर्ताले हातपात गरेका छन् ।

एनआरएनए विभाजित समूहका अध्यक्ष डा।बद्री केसी र एमाले नेता महेश बस्नेतसहितका नेताहरु सहभागी भएको कार्यक्रममा पुगेका चारदिशा अनलाइनका सम्पादक शर्मालाई बुधबार दिउँसो युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन् ।

बेल्जियम निवासी शर्मा एनआरएनए अभियन्ता तथा नेपाल पत्रकार महासंघका बेल्जियम अध्यक्ष समेत हुन । शर्माको दाँतमा चोट लागेको छ । त्यस्तै मुख्यालयमा पुगेका संघका अध्यक्ष आरके शर्माले लगायतका अभियन्ताहरुमाथि अभद्र व्यवहार भएको शर्माले जानकारी दिए । उनले आफू घटनाका बीच उम्किन सफल भएपनि  अन्य अभियन्ताहरुमाथि अभद्र व्यवहार भएको बताए ।

‘एनआरएनए मुख्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि आएको थिएँ । कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको के कार्यक्रम हो रु भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो,’ पत्रकार शर्माले भने ।

घटनापछि एनआरएनए मुख्यालयमा अहिले प्रहरी पुगिसकेको छ भने तनाव साम्य भएको छ । घटनापछि महेश बस्नेतसहिका युवासंघका कार्यकर्ता बाहिरिएका छन् ।  केही साताअघि काठमाडौंको सोल्टी होटलमा भएको एनआरएनएको ११औं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको अनलाइन मतदानमा धाँधली भएपछि आरके शर्मा र डा।बद्री केसीले समानान्तर गतिविधि गरिरहेका छन् ।

अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले मतपरिणाम अस्वीकार गरेका छन् भने डा.केसीले आफू अध्यक्षमा विजयी भएको भन्दै शपथ लिइसकेका छन् । दुई साताभित्र मतदानमा भएको त्रुटीबारे अनुसन्धान गर्ने र त्यसपछि बाँकी प्रक्रिया अघि बढाउने सहमति विपरित डा।केसीले शपथ लिएपछि एनआरएनए विभाजित अवस्थामा छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - १६:४२:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend