Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

काठमाण्डौबाट लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्याल खस्यो

काठमाण्डौबाट लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्याल खस्यो

नेप्लिज डायस्पोरा

२४, मंसिर २०८०
images
काठमाण्डौबाट लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्याल खस्यो

 

फाइल फोटो

सोलुखुम्बु – सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एअरको जहाजको झ्यालको सिसा खसेको छ । आज आइतवार काठमाण्डौबाट कार्गो सामान लिएर तेन्जिङ हिलारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कलसाइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाट जमिनमा खसेको हो ।

 

जहाज पूरै कार्गो सामानले भरिएकाले भित्रबाट सामानकाे चापले सिसा निस्किएको हुन सक्ने तारा एअर लुक्लाका स्टेशन इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पाइलट अमित गुरुङ र कोपाइलट अल्फा लिमा श्रेष्ठले उडाएको जहाजमा चालक दलका ३ सदस्यमात्रै रहेका थिए । सिसा कुन ठाउँमा खस्यो भन्नेबारे यकिन हुन सकेको छैन । उज्यालो अनलाईनमा समाचार छ ।

 

जहाज बिहान १० बजेर १ मिनेटमा लुक्ला विमानस्थलमा अवतरण भएको तारा एयरले जनाएको छ । जहाज अहिले लुक्लामै रहेको र मर्मतपछि केही दिनमा काठमाण्डौ फर्किने तारा एअरले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - १४:२९:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend