Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

जेलबाट छुटेपछि पहिलोपटक सानेपामा देखिए बालकृष्ण खाँण

जेलबाट छुटेपछि पहिलोपटक सानेपामा देखिए बालकृष्ण खाँण

नेप्लिज डायस्पोरा

१३, पौष २०८०
images
जेलबाट छुटेपछि पहिलोपटक सानेपामा देखिए बालकृष्ण खाँण

काठमाडौं ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएर धरौटीमा छुटेका नेता बालकृष्ण खाँण पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन्।

उनी जेलबाट छुटेपछि पहिलो पटक केन्द्रीय समिति बैठकमा सहभागी हुन सानेपा पुगेका हुन्। उनी २०७९ भदौ ५ गते बसेको केन्द्रीय कार्य समिति बैठकमा अन्तिम पटक सहभागी भएका थिए।

पूर्वगृहमन्त्रीसमेत रहेका खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि गत वैशाख २७ गते पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौंको आदेशमा केन्द्रीय कारागार सुन्धारामा थुनिएका उनी उच्च अदालत पाटनको मंसिर २९ को आदेशपछि धरौटीमा रिहा भएका थिए।

अदालतले उनीसँग ३० लाख धरौटी लिएको छ। कांग्रेसको केन्द्रीय समिति बैठक बिहीबारदेखि पार्टी कार्यालय सानेपामा जारी छ।

images
प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - १४:४०:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend