Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

म संसदीय दलको नेता भए पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने थिएँ : गगन थापा

म संसदीय दलको नेता भए पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने थिएँ : गगन थापा

नेप्लिज डायस्पोरा

२८, फाल्गुण २०८०
images
म संसदीय दलको नेता भए पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने थिएँ : गगन थापा

 

मोरङ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका नेताहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने स्पष्ट पारे। उनले पार्टीको विधानले संसदीय दलको नेता परिवर्तन गर्न स्थान दिएको र पार्टीभित्र पटक-पटक प्रयोग हुनाका साथै नेता परिवर्तन भएको उदाहरण रहेको विचार व्यक्त गरे।

देशको आवश्यकताअनुसार आजको दिनमा आफू दलको नेता भएमा पार्टीलाई राम्रोसँग सञ्चालन गर्ने महामन्त्री थापाको भनाइ थियो। कोशी सरकार निर्माणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशलाई पार्टीले स्वीकार गर्ने उनले बताए।

केन्द्रीय समितिको बैठक नबसेको कारण कोशी सरकार गठनका सम्बन्धमा खुल्ला छलफल गर्न नसकिएको उल्लेख गर्दै उनले यसबाट राष्ट्रिय राजनीतिका थुप्रै विषय प्रभावित पारेको धारणा राखे।

महामन्त्री थापाले केन्द्रीय समितिको बैठकले नीति महाधिवेशनको मिति तय गर्नाका साथै नीति अधिवेशनले निर्वाचनमा राजनीतिक दलहरुबिच गठबन्धन गर्ने राजनीतिक संस्कृतिको अन्त्य गर्नाका साथै नयाँ बाटो खोज्ने बताए। वर्तमान गठबन्धन सरकार परिवर्तन नहुने जिकिर गर्दै उनले सरकारले जनताप्रति दत्तचित्त भई कार्य गर्नुपर्नेमा जोड दिए। रासस

 

 

गीतकार सतीश चापागाईको प्रेमिल गीत 'तिम्रो मन कोमल छ'

 

 

images
प्रकाशित मिति :फाल्गुण २८, २०८० सोमवार - ०९:४३:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend