Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कमेडी च्याम्पियनका कलाकार चढेको गाडी दुर्घटना, एक गम्भीर घाईते

कमेडी च्याम्पियनका कलाकार चढेको गाडी दुर्घटना, एक गम्भीर घाईते

नेप्लिज डायस्पोरा

१०, चैत्र २०८०
images
कमेडी च्याम्पियनका कलाकार चढेको गाडी दुर्घटना, एक गम्भीर घाईते

नेपालको चर्चित रियालिटी शो कमेडी च्याम्पियनका प्रतियोगी चढेको गाडी शुक्रबार भक्तपुरमा दुर्घटना हुंदा ६ जना घाईते भएका छन्

 

बिहान अन्दाजी साढे ३ बजे सूर्यविनायक नगरपालिका वडा नम्बर १० मा कार दुर्घटनामा परेको हो। बागमती प्रदेश ०१-०२६ च ०३५९ नम्बरको कार अनियन्त्रित भई प्रदेश ३-०१-००३ क ६२९८ नम्बरको टिपरसँग ठोकिएको थियो।

 

दुर्घटनामा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीसहित ६ जना घाइते भएकोमा भण्डारी र पुजन अधिकारी अस्पतालबाट डिस्चार्ज भएका छन्

 

सुशान्त बस्याल, रजनेस अर्याल, प्रकृति गिरी र पवन भट्टराई घाइते भएका हुन्। घाईतेहरुको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको डिएसपी पाठकले बताए।

घाइते मध्ये सुशान्त बस्याल गम्भीर छन्। अरु सबै  सामान्य रहेको बुझिएको छ ।

 

दुर्घटना कसरी भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनामा प्रहरीले विशाल र पूजनलाई नियन्त्रणमा लिएको छ। टिप्पर चालक सागर पौडेललाई पनि प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ।

images
प्रकाशित मिति :चैत्र १०, २०८० शनिवार - ०६:२३:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend